३ कार्तिक २०८३, मंगलबार

शेरबहादुर तामाङको पद खोसिएपछि को बन्ला नयाँ मन्त्री ?

132.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । कानुन मन्त्री शेरबहादुर तामाङको मन्त्री पद खोसिएपछि नेकपाभित्र नयाँ मन्त्रीको चर्चा सुरु भएको छ ।

गत आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता नै सुम्पनु परेको आफूले सुनेको धारणा राखेका थिए । सोहीकारण नेपाली विद्यार्थीहरूले विदेशमा गई पढ्नुपर्ने बाध्यता हटाउन नेपालमा नै ती पढाई सहज हुनुपर्ने धारणा थिए ।

सोही अभिव्यक्तिका कारण मन्त्री तामाङको पद खोसिएपछि नेकपाभित्र नयाँ मन्त्रीको बारे चर्चा सुरु भएको छ । स्रोतका अनुसार, नेकपाका नेताहरु भानुभक्त ढकाल, खगराज अधिकारी, पार्वत गुरुङ, प्रेम आले मगर मन्त्रीको लागि चर्चामा छन् ।