३ कार्तिक २०८३, मंगलबार

‪कांग्रेसबाट फेरि आयो ‘ओली-दाहाल’लाई जवाफी ‘हमला’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षले कांग्रेसप्रति देखाएको चासोलाई व्याङ्ग्यात्मक टिप्पणी गर्दै वैरभाव नराख्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान स्ट्याटस लेखेका डा.रिजालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले कांग्रेस ठीक बाटोमा छ भन्ने पुष्टि गरेको बताएका छन् ।

‘२०६५ देखि पटक–पटकसंगै सरकार बनाउँदै कांग्रेसलाई प्रमुख शत्रु देख्ने र कांग्रेससंग सदैव वैरभाव राख्ने दुई कम्युनिस्ट पार्टी अहिले एकीकृत भएपछि अध्यक्षद्वयलाई कांग्रेसको चिन्ता लागेको सुन्दा कांग्रेस ठीक बाटोमा छ भन्नेमा थप ढुक्क भएँ’, डा.रिजालले भनेका छन् ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओली र दाहालले कांग्रेसका नेताहरूविरुद्ध कडा प्रहार गरेका थिए ।

त्यसको जवाफमा कांग्रेस नेता डा.रिजालले व्याङ्ग्यात्मक शैलीमा आफूहरूको बचाउ गर्दै ओली–दाहालको आलोचना गरेका हुन् ।