३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको झोली र केपी ओली

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि.वि. श्रेष्ठ

लामो राजनैतिक आन्दोलन र गणतन्त्र स्थापन पछि देशले स्थिर सरकार पाएको छ । विभिन्न चरणमा भएको आन्दोलन र त्यसले हासिल गरेको उपलव्धीलाई संस्थागत गर्ने क्रममा देशले राणाशासन, राजतन्त्र हुदै गणतन्त्र सम्मको वाटो तय गरेता पनि जनताको आर्थिक स्थिती सुढृढ हुन सकेको छैन । व्यवस्था परिवर्तन भएता पनि प्रत्यक्ष रुपमा जनता लाभान्वित हुन नसकेको कारण आम जनता सरकार र त्यसको नेतृत्वप्रति निराशावादी रहेको पाईन्छ ।

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि लामो समयसम्म नेपाली काग्रेसका नेतृत्वमा देश चल्यो । त्यो वेलाको नेपाली कागे्रसको आन्दोलनले राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनामा ठुलो भुमिका खेल्यो । तत्कालिन काग्रेसको नेताहरुको कार्यकुशलतामा अगाडी वढेको नेपालको राजनितीले लामो समयसम्म मलजल गरिरहयो । त्यसको प्रत्यक्ष लाभ नेपाली कग्रेसलाई परयो ।

त्यसपछिका राजनैतिक शक्तिहरुको उदयपछि भएको चुनावमा पनि नेपाली कागे्रसको वर्चश्व रहिरयो । यो विचमा नेपाली कागेैसको दुई तिहाईको सरकार पनि वन्यो । यति धेरेै लामो समय सम्म सरकारको नेतृत्व गरेको नेपाली काग्रेस आजको दिनमा आईपुग्दा नराम्रो सँग धक्का खाएको छ । हिजो सरकारमा सुविधाजनक वहुमत र दुईतिहाई वहुमतको सरकार चलाएको काग्रेसले देश विकास र नयाँ नेपाल निर्माणमा कति भुमिका खेल्यो ? सत्तामा रहदाँ सधै शक्ति मा मात्र अभ्यस्त नेपाली कांग्रेस जनतालाई सधै भोट वैकका लागि मात्र खेलाईरहयो ।

यति धेरै जनतामाझ तिरस्कृत हुनुमा नेपाली कागे्रसको कुनै समयका भुमिका मात्र नभई पटक पटक देश र जनतामा खेल्नुपर्ने भुमिका नखेलिदिदा भएको हो भनेर वुझन नसक्नु नै हो । अहिले पनि नेपाली काग्रेसको भुमिका विगत भन्दा कहिल्यै फरक देखिएन ।राम्रो वनेर देखिनुभन्दा पनि कमजोरीमा खेलेर आफनो भुमिका स्थापित गर्न सकिन्छ भन्ने मानकिसकता नै घोतक वनिदियो ।

पहिलो संविधान सभामा पहिलो शक्तिको रुपमा उदाएको तत्कालिन माओवादी र तेश्रो वनेको एमालेको समिकरणले नेकपा देशको सवैभन्दा ठुलो शक्तिको रुपमा उदाएको छ । सुविधाजनक वहुमत भएको नेकपा का अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार वनेको छ । एउटै पार्टीको वहुमतको सरकार ५ वर्ष सम्म निर्धक्क काम गर्न सक्ने अवस्थामा अन्य राजनैतिक दलहरुको समेत समर्थनमा दुईतिहाईको सरकार वनेको छ ।

यहि दुई तिहाईको सरकारवाट धेरै आशा र अपेक्षा राखेको नेपाली जनताहरु विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सपना देखिरहेको छन् । सरकार वनेको लामो समय पनि नभएको सन्दर्भमा जनताको आशालाई पुरा गर्न त्यति सहज हुदैन । चुनावी घोषणापत्रमा विकास निर्माण र समृद्ध नेपाल निर्माणका सपना देखाएका ओलीका अगाडी जनताका पहाडका चाङहरु अनगिन्ती देखिन्छन् । केहि गर्नका लागि सपना देख्नुपर्दछ र त्यहि अनुसार जीवन अगाडी वढाउनुपर्दछ भन्ने आशा देखाएको ओली जनतालाई आशा र सपनाको वेगल्ती तानावानामा सजाईरहेका छन् । सोहि अनुसार वजेट र कार्यक्रमलाई पनि अगाडी वढाईरहेको छन् ।

विकास निर्माण तत्काल हुने विषय पनि होईन ।यसका लागि समय लाग्दछ । सरकार कुन वाटोमा अगाडी वढेको छ भन्ने मुख्य कुरा हो भन्ने समेत भेउ पाउन नसकेको प्रतिपक्ष दल नेपाली कागे्रेस भने विनामेसोको आन्दोलन र विषयलाई लिएर सडक संघर्षमा रहेको छ । हिजो सत्ता र सरकारमा रहेर डा. केसीको मागलाई लत्याउन अभ्यस्त काग्रेस आज डा केसीको माग जसरी पनि परा हुनुपर्दछ भनेर आफनो निर्लज्जता प्रकट गरिरहेको छ ।नेपाली काग्रेसको यहि दोधारो चरित्रलाई आम जनताले पचाउन सकेका छैनन् । हिजो ८ पटक सम्म डा केसी अनसन वस्दा नेपाली काग्रेसको नेतृत्वमा सरकार वनेको थियो ।

त्यो वेलामा जायज नहुने डा. केसीको माग आज प्रतिपक्षमा वस्दा उचित हुने कसरी भयो ? हिजो स्वास्थ्यमन्त्री गगन थापा हुदाँ अनसनमा वसेको डा केसीको विरुद्धमा आन्दोलनमा नेविसंघलाई सडक मा उतार्ने नेपाली कागे्रस आज त्यहि डा केसीको लौरो समातेर वैतरणी तर्ने प्रयासमा देखिन्छ । जुन नेपाली काग्रेसलाई नै झन कमजोर वनाउने अस्त्र वनिरहेको छ भन्ने नेका का नेताहरुले विश्लेषण गर्न सक्दैन । आफनो स्पष्ट भिजन भन्दा पनि अर्काको लौरोमा टेकेर खोला तर्न अभ्यस्त नेपाली कागे्रेस पुर्खाको योगदानले मात्र आफनो भुमिका स्थापित गर्न सकिदैन भन्ने कुरा वुझन सकिदैन ।

डा. केसीका माग आफनो सरकार हुदाँ पुरा गर्न अग्रसर नहुने नेपाली काग््ेस अहिले सवैभन्दा अगाडी कुर्लेर डा केसीको माग पुरा गर भनेर आन्दोल गर्नु भनेको आफैलाई कुरिकुरि गर्नु भन्दा अरु केहि हुन सक्दैन । वौद्धिक र युवा नेताको रुपमा परिचित गगन थापा हिजो स्वास्थ्यमन्त्री वन्दा डा केसीको विरुद्धमा आन्दोलन गर्ने लगाउने उनै गगन आज सत्ता वाहिर रहदाँ डा केसीको समर्थनमा कुर्लनु भनेको मुर्खता शिवाय केहि हुन सक्दैन । पन्ध्रौ पटकसम्म अनसनमा वसेका डा. केसीका माग हिजो पनि त्यहि थियो, आज पनि त्यहि हो । त्यति पनि फरक छुटयाउन नसक्ने नेपाली काग्रेस र तिनका नेताहरुको आजको भुमिकाले आफनो यथार्थ हैसियत प्रस्तुत गरेर जनतामाझ झन झन् तिरस्कृत वनिरहेको छ ।

डा. केसीको यो आन्दोलन पहिलो र अन्तिम पनि होईन । डा केसीको अनसन आन्दोलन देश र जनताको हितमा पनि होला , त्यसको छलफल हुने नै छ । तर अनसनको भरमा माग पुरा गर्दछु भनेर लाग्नेको समर्थनमा उत्रेर आन्दोलनमा जानु भनेको लोकतन्त्रको दुहाई दिने नेपाली काग्रेस र नेपाली काग्रेसको नेताहरुलाई किमार्थ सुहाउने विषय होईन । देशमा संविधानसभा वाट निर्माण भएको सविधान छ । सरकार संविधान अनुसार अगाडी वढ्छ भन्ने समेत हेक्का नभएको देशको नै ठुलो लोकतान्त्रिक पार्टी नेपाली काग्रेसको यो भुमिकाले नेपाली काग्रेसको मुख्य अभिष्ट के रहेछ भनेर वुझन गाह्रो छैन । सत्ताको छटपटिमा जता भिड देख्यो, त्यतै धल्कने यो दोधारे प्रवृत्ति कागे्रसका लागि भोलीका दिनमा झन् भयाभह वन्न सक्नेछ ।

जनताको दुईतिहाई मत द्धारा निर्वाचित सरकारलाई काम गर्न दिनुभन्दा, सत्ता वाहिर वस्दाको छटपटिले सरकारका हरेक व्यवहार अधिनायकवाद देख्ने नेपाली काग्रेसको राईलो अव पाच्य हुन सक्दैन । अधिनायकवादको परिभाषा के हो ? माफिया को परिभाषा के हो ? लोकतन्त्र भन्दा मा जे पनि छुट पाईने हो भने भोलि हुने अराजकताको जिम्मेवार को ? नेता भन्दैमा जस्तो पनि अभिव्यक्ति दिन पाईन्छ ? शव्द चयनमा समेत समान्य हेक्का राख्न नसक्ने कसरी नेताहरु हुन सक्दछन् ?

यो सरकार स्थिर सरकार हो पाँच वर्षसम्म संविधान अनुसार चल्दछ । यो विचमा देश र जनताका पक्षमा काम नगरे भोलि जनताले फेरि भोलि अर्को शक्तिलाई जिताउने निश्चित छ भन्ने समान्य लोकतान्त्रिक प्रक्रिया पनि नवुझेका नेपाली काग्रेस र कथित वुद्धिजिवीहरुको अराजक शैलीले देश विकासमा सहजता हैन वाधक मात्र वन्नेछ । नत्र भिड हेरेर धारणा वनाउने शैलीले नेपाली काग्रेसको दृर्दशा झन झन नाङ्गिदै जानेमा कुनै शंका छैन । जुन विगतले पटक पटक प्रमाणित गरिसकेको छ ।