
काठमाडौं, ६ साउन । ईडन हजार्डलाई आफ्नो क्लबमा अनुबन्ध गर्ने पहल थालेको रियल मड्रिडलाई चेल्सीले निरास बनाईदिएको छ ।
चेल्सीले हाजार्डलाई नबेच्ने स्पष्ट पारेको छ । हाजार्डले रियल मड्रिड जान दबाब नदिने पनि चेल्सीले विश्वास ब्यक्त गरेको छ । यद्दपी हाजार्डको आधिकारीक धारणा भने सार्वजनिक भएको छैन ।
चेल्सीका प्रशिक्षक माउरिजियो सार्रीले हाजार्डलाई चेल्सीमै राखेर दपरलो टिम बनाउने रणनीति सुरु गरेका छन् । हाजार्डले भने एक साताको तीन लाख पाउण्डको सम्झौता गर्न अस्वीकार गरिसकेका छन् ।
यसका बाबजुद चेल्सीले उनी आफ्नै क्लबमा रहने विश्वास गरेको छ । तर १५० मिलियन पाउण्ड प्रस्ताव गरेमा उनले स्विकार्ने चेल्सीको विस्वास छ ।
रियलले हाजार्डलाई दिने मुल्यको तयारी गरिरहेको बताईएको छ । उसले २०० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ ।
यद्दपी रियल र चेल्सी तथा हाजार्डबीच औपचारिक प्रस्ताव वा वार्ताको कुनैपनि खबर भने सार्वजनिक भएको छैन ।















प्रतिक्रिया