३ कार्तिक २०८३, मंगलबार

नेपाल–चीन पारवहन सम्झौता मस्यौदालाई अन्तिम रुप दिन परामर्श बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ साउन । नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन तेस्रो परामर्श बैठक काठमाडौँ हुने भएको छ ।

सम्झौताको मस्यौदालाई निष्कर्षमा टुङ्ग्याउन तेस्रो परामर्श बैठकका लागि यही साउन १४ र १५ गतेको मिति चीनसमक्ष प्रस्तुत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असार २६ र २७ मा चीनको राजधानी बेइजिङमा सम्पन्न तेस्रो परामर्श बैठकमा अर्को बैठक यही जुलाइभित्र काठमाडौँमा गर्ने द्विपक्षीय सहमति भएको थियो ।

मस्यौदालाई निष्कर्षमा पुर्‍याउन दुवै पक्षबीच सघन संवाद जारी रहेको र त्यो सकारात्मक दिशामा उन्मुख भएको मन्त्रालयले जनाएको छ ।

वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयको जिम्मेवारी सम्हालेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा हुने तेस्रो परामर्श बैठकमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

चीनबाट विदेश, यातायात, सार्वजनिक सुरक्षा मन्त्रालयका साथै राष्ट्रिय रेल तथा सामान्य प्रशासन विभागका वरिष्ठ कर्मचारीले बैठकमा भाग लिने छन् ।