३ कार्तिक २०८३, मंगलबार

दोस्रो प्रधानसेनापति ट्री–म्याराथनको उपाधि आर्मीको ‘टिम ए’ लाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ५ साउन । नेपाली सेनाले आयोजना गरेको दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्री–म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाको टिम ए ले जितेको छ ।

धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौंदीसम्म नेपाली सेनाले सञ्चालन गरेको यस साहसिक प्रतियोगिताको दुरी ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. -याफ्टीङ्ग गरी जम्मा ४३.७ कि.मि. रहेको थियो ।

प्रथम भएको टिम ए ले सो दुरी २ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पुरा गरेको थियो । उसले ट्रफि, मेडल र प्रमाणपत्रका साथै नगद एक लाख पचास हजार पुरस्कार प्राप्त गरेको छ ।

देस्रो भएको सेना कै टिम बी ले उक्त दुरी २ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पूरा गरेको थियो । टिम बी ले प्रमाण पत्र र ट्रफि सहित नगद एक लाख रुपैंयाँ प्राप्त गरेको छ ।

२ घण्टा ३१ मिनेट २१ सेकेण्डमा उक्त दुरी पुरा गरेको सशस्त्र प्रहरीले तेस्रो स्थान हासिल गर्दै नगद पचहत्तर हजार रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ट टिमलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा जम्मा १३ टिमहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुबन आर्मी क्लबको २, सशस्त्र प्रहरी बलको १, राष्ट्रिय क्लबहरुको ५ र महिला टिम १ गरी जम्मा स्वदेशी ९ टिम र विदेशी टिमहरु मध्ये बेलायतको ब्रिटिस गोर्खा २, बंगलादेशको १, श्रीलंकाको १ गरी जम्मा ४ टिमको सहभागीता रहेको थियो ।

प्रत्येक टिममा ४ जनाका दरले उक्त प्रतियोगितामा जम्मा ५२ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।