३ कार्तिक २०८३, मंगलबार

तरुण दलले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेरश्वरमा अश्रुग्याँस प्रहार

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । डा गोविन्द केसीको पक्षमा भएको प्रदर्शनमा तरुण दल पनि घुसेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केसीका समर्थकले गरेको प्रदर्शनमा तरुण पनि घुसेर निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बानेश्वरमा अश्रुग्याँस प्रहार गरेको हो ।

मानव अधिकारवादी नेता कृष्ण पहाडी बोलिरहेका बेला प्रदर्शनमा तनाव भएको हो । केहीलाई प्रहरीले लाठी प्रहार समेत गरेको छ । तरुण दल र प्रहरीबीच झडप समेत भएको छ ।

झडमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायतका कार्यकर्ताहरु घाइते भएका छन् । अध्यक्ष बस्नेतको टाउकोमा चोट लागेको छ ।

नेविसंघ र तरुण दलको कार्यक्रमको अर्कोपट्टी अरु राजनीतिक दल र विभिन्न अभियन्ताहरुले गरेको कार्यक्रम पनि केहीबेर विथोलिएको थियो ।

डा केसीको माग पुरा गर्न दबाब दिन केसीका समर्थक, विभिन्न दलका नेता तथा समाजका अगुवाहरुले माइतिघरदेखि बानेश्वरसम्म प्रर्दशन गरेका हुन् ।