सबैलाई थाहा छ—अहिलेको संघीय संसदमादुई तिहाईसहितको सत्तापक्ष र बाँकी एक तिहाईभन्दाकम संख्याबोकेर प्रतिपक्षउपस्थित छ । संविधानले दुईतिहाई बहुमतले संविधान समेत संसोधनगर्न सक्छ । सरकारको नीतिअनुसार ऐन कानुनबनाउन सक्छ । पाँचबर्ष कसैले हल्लाउननसक्ने वर्तमान सरकारलाई अगाडि बढ्न नदिनअहिले प्रतिपक्षआफ्नो न्वारानदेखिको बल लगाउदैछ । डा. केसीको अनसनको निहुँबनाएर लगातार संसद अवरुद्ध गर्दै आएको छ । आवरणमा डा. केसीको अनसनभएपनि नेपालीकांग्रेस आफ्नो अर्कै अभीष्ट पुरा गर्ने ध्याउन्नमालागेको छ ।
क) पहिलो अभीष्ट : नेकपाको अजेण्डा लागू हुननदिने
एक चिनियाँभनाई छ—कसैको भलो गर्नु छ भने उसलाई माछा नदेऊ,बरु उसलाई माछा मार्न सिकाऊ ।” ओली नेतृत्वको सरकारले नेपालमात्यहीभनाईलाई चरितार्थ गर्न खोजेको देखिन्छ । “समृद्ध नेपाल, सुखी नेपाली”नारा दिएको सरकारले तत्कालकालागिलोकपृय कार्यक्रमभन्दा दीर्घकालीन रणनीति बनाउनखोजेको देखिन्छ । समृद्धिको लागिदेशमाविद्यमानतमाम बेथितिको अन्त्य गरेर राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमाआमूल परिवर्तन ल्याउन जरुरी छ । तर नेपालीकांग्रेस कम्युनिष्टको नेतृत्वमाआमूल परिवर्तन भएको हेर्न चाहदैन । ऐन कानूनमार्फतमात्र परिवर्तन संस्थागतहुने हुनाले ऐन बनाउने थलो संसदलाई यो वात्यो बहनामाअकर्मण्य बनाइराख्ने दीर्घकालीन रणनीतिमा कांग्रैस लागेको छ । वर्तमान सरकारले जे कामगर्न खोजे पनिअधिनायकवादको हौवा पिटाउने योजना नेपालीकांग्रेसको छ ।
ख)दोश्रो अभीष्ट : देशमा अस्थीरता पैदा गर्ने
नेकपाको दुईतिहाई बहुमत नेपालीकांग्रेसलाई मात्रहोईन, केहीअन्तराष्ट्रिय शक्ति केन्द्रलाई पटक्के मन परेको छैन । नेपालको संसदलाई कमजोर बनाएर सरकारको विजिनेस जबरजस्तीबाहिरबाट लाद्ने षणयन्त्रमा यो शक्तिहातधोएर लागेको छ । देशमा अस्थीरता पैदा गराएर धमिलो पानीमा माछा मार्न चाहने नयाँशक्तिका डा. बाबुराम भट्टराई, एकताप्रति असन्तुष्ट माओवादीहरु, जातिवादी नेताहरु कट्टर मधेशवादीहरुसंग अहिले कांग्रेसको हिमचिमह्वात्तै बढेको देखिन्छ । सत्तापक्षसंग तनाव बढ्दैजादा यो कित्तामामोहनविक्रम सिंह, किरण र विप्लवपनिमिसिने निस्चितप्रायः छ ।
ग) तेश्रो अभीष्ट : आफ्नापकेट क्षेत्र जोगाउने
नेपालीकांग्रेस सत्तामाहुँदा नेपालको स्वास्थ्य क्षेत्रलाई अनफ्नो पकेट क्षेत्र बनाएको थियो । सरकारी र निजीदुबै क्षेत्रमाआफ्नो हालीमुहालीचलाएको थियो । अधिकांश मेडिकल कलेजलाई आफ्ना नेताकार्यकर्ताको पकडमा राखेर आफ्नाकार्यकर्ता भर्तीकेन्द्र बनाएको थियो । जब स्वास्थ्य क्षेत्रमाबामपन्थीहरुको केहीपहुँच बढ्यो, डा. गोविन्द केसीहरु त्यसलाई निस्तेज गर्न निस्के । तिनीहरुलाई नेपालीकांग्रेसलगायतकादलले निरन्तर मलजलगरिरहे, गरिरहेछन् । चिल देखाएर स्यालले चल्लाटिपेजस्तो नेकाको राजनीतिलाई सरकारको बेरोकटोक अग्रगतिचाहने जनताले बुझ्न अब बेर लाग्दैन ।
घ) चौथो अभीष्ट : ओलीको लोकपृयतालाई गिराउने
गतनिर्वाचनमा नेपालीकांग्रेसका नेताहरु अत्यन्तै अलोकपृय थिए । सभापति देउवाको असक्षम नेतृत्व एउटा प्रमुखकारण थियो भने अरु नेताहरु पनित्यत्तिकै अलोकपृय थिए । अर्कातिर ओलीसहितअधिकांशबामनेताहरु लोकपृय थिए । फलस्वरुपओली नेतृत्वको शक्तिशाली सरकार बन्यो । ओली सरकारले जनताको पक्षमा देखिने केही राम्रो कामगर्नुअगावै ओलीलाई अलोकपृय बनाउन सके आफ्नो गुमेको स्पेस बढ्ने नेकाको विश्वास छ । यहीविश्वासको आधारमा कम्युनिष्ट विरोधी मिडियाहरु हलप्रधानमन्त्रीओलीको खेदो खन्नप्रयोग भएका छन् । र, ती मिडियाहरुलाई अन्तरराष्टिय शक्तिकेन्द्रहरुले नियन्त्रणमा लिनखोजेको पनि देखिदैछ । यतिमात्रहोईन, बामनिकट केही मिडियाहरु ओली सरकारको आलोचनामाप्रयोग भइरहेका छन् ।अदालतभित्रको आफ्नो शक्तिलाई पनि सरकारको विपक्षमा उरालिदै छन् ।
ङ) पाँचौं अभीष्ट : सभामुख,उपसभामुख र समितिका सभापतिहत्याउने
सभामुख र उपसभामुख एउटै पार्टीको हुनु नहुने नेकाको प्रमुख मुद्धा बनेको छ । संसदीय समितिका सभापतिको ठूलै भागखोजेको छ उसले । प्रदेश सरकारमापनिप्रतिपक्षको त्यहीदाउ छ । संसदभित्रको बार्गेनिङ्गलाई प्रतिपक्षले सडकमा ल्याएर संसदीयपदहरु थप्ने रणनीति प्रष्ट बुझ्न सकिन्छ ।
यी अभीष्ट पूरा गर्न “लोकतन्त्रवादी”नेपालीकांग्रेसले सार्वभौम संसदलाई पाँचबर्षसम्मनिरन्तर आक्रमण गरिरहने छ । आफ्नाती अभीष्ट पूरा गर्न गोविन्द केसीजस्ताथुप्रै गोटीहरु चालिनेछन् । सत्तापक्षले बडो सजगताका साथ यस्ता गोटी र षणयन्त्र बेलैमाचिनेर अगाडि नबढ्ने हो भने जनताको समृद्धिको चाहनामातुषारापातनहोलाभन्न सकिन्न ।
















प्रतिक्रिया