३ कार्तिक २०८३, मंगलबार

फुटबल खेलाडी एलेक्स साञ्चेजले पाए अमेरिकी भिसा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ साउन । म्यानचेस्टर युनाइटेडका एलेक्स साञ्चेजले अमेरिकाको भिसा पाएका छन् । यसअघि भिसा प्रक्रियामा समस्या हुँदा प्रि सिजन टुरमा अमेरिका गएको म्यानचेस्टर युनाइटेडको टोलीसँग उनी जान पाएका थिएनन् ।

स्पेनमा रहेका बेला करछलीको आरोपमा १६ महिनाको जेल सजाय स्वीकार गरेकाले सान्चेजले अमेरिकाको भिसा पाउन समस्या भएको हो । अमेरिकाको नियम अनुसार कुनै पनि किसिमको छलीमा संलग्न भएको व्यक्तिलाई भिसा नदिने व्यवस्था छ ।

तर सान्चेजले अब अमेरिका प्रवेशका लागि स्वीकृति पाएको युनाइटेडले जनाएको छ । सान्चेज अब अमेरिका पुग्ने र प्रि सिजन टुर अन्तर्गत अमेरिकी समय अनुसार शुक्रबार हुने मेक्सिकन क्लब क्लब अमेरिकासँगको खेलमा मैदानमा हुने अपेक्षा गरिएको छ ।

म्यानचेस्टर युनाइटेडले प्रि–सिजन अभ्यासको सुरुवात यहि खेलबाट गर्दैछ । त्यसपछि युनाइटेडले मेजर लिग सकर क्लब सान जोसे अर्थक्वेक, एसी मिलान, लिभरपुल र रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

एसी मिलान, लिभरपुल र रियल मड्रिडसँगको खेल वार्षिक रुपमा हुने अन्तर्राष्ट्रिय च्याम्पियन्स कप प्रतिस्पर्धा अन्तर्गतका खेल हुन् ।

विश्वकपका लागि राष्ट्रिय टिमको जिम्मेवारीमा रहेका खेलाडी म्यानचेस्टर युनाइटेडको यो भ्रमणमा छैनन् । टोली आइतबार लस एन्जलस गएको थियो । एजेन्सी