वाशिंगटन डिसी । डा गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु जम्मा भै ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस अगाडि नेपाल सरकारलाई ध्यान आकर्षण गराएका छन् ।
बिभिन्न प्रचार सामाग्रीहरू सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको बिरोध गरेका हुन् । उक्त बिरोध भेलामा अधिकांश सहभागीहरू विभिन्न स्थानीय संघ संस्था तथा एनआरएनएको प्रतिनिधित्व गर्दै ऐक्यबद्धता जनाएका छन् ।
भेलामा सहभागीहरुले डा.केसीको माग यथाशीघ्र पूरा गर, दमन कार्य तुरुन्तै बन्द होस् भन्ने माग राख्दै बिरोध गरेका थिए ।
सहभागीले डा केसी जोगी हुन् उनको केही स्वार्थ छैन, उनको कुरा नसुनेर निर्ममतापूर्वक दमन गर्ने जुन नीति सरकारके लिएको छ त्यो तुरुन्त बन्द गर जस्ता माग राखेका छन् ।
















प्रतिक्रिया