काठमाडौं, ४ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले समाधान नपाइ रहेका बेला नेता प्रकाशमान सिंह सुदूरपश्चिमाञ्चलका जिल्लाहरूका नेता कार्यकर्तासँग भेटघाट गर्न निश्किएका छन् ।
सभापति शेरबहादुर देउवाको गृहजिल्लाका साथै विभिन्न आधा दर्जन बढी जिल्लाहरूका कार्यक्रममा सिंहले सहभागिता जनाउनेछन् ।
नेता सिंहले साउन ४ गतेदेखि सुदूरपश्चिमका नेता कार्यकर्तासँग भेटघाट, पार्टी संगठनका विषयमा छलफल तथा कार्यक्रमहरूमा सभागी हुनेछन् ।
नेता सिंह साउन ४ गते बिहान धनगढी हुँदै बैतडी जानेछन् । उनी बैतडीमा बस्ने उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
साउन छ गते बैतडीमा भेटघाट तथा छलफलपछि दार्चुलामा जाने कार्यक्रम छ । साउन ६ गते दार्चुलामा आयोजित कार्यक्रममा सभागी भएर नेता सिंह डोटी प्रस्थान गर्नेछन् ।
डडेल्धुरा, धनगढी, कैलाली लगायतका स्थानमा हुने कांग्रेसका कार्यक्रममा सहभागी भएर सिंह काठमाडौं फर्कनेछन् ।















प्रतिक्रिया