
काठमाडौं, २ साउन । नेदरल्यान्डसँगको अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेटर खेलाडी शक्ति गौचनले क्रिकेटबाट सन्यास लिँदैछन् ।
उनले युरोपमा खेल्न जानुअघि पत्रकार सम्मेलनमा सन्यासको घोषणा गरेका हुन् । दायाँ हाते ब्याट्सम्यान तथा लेग स्पिन बलर शक्तिसन् २००२ देखी नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य छन् । अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने शक्ति एक मात्र पुरुष नेपाली क्रिकेट खेलाडी हुन् ।
ट्वान्टी ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका शक्तिले नेपालको क्रिकेटलाई उचाईमा पुराउनका लागि राष्ट्रिय टोली सदस्यका नाताले योगदान गरेका छन् ।
केही समयअघिसम्म घाइते भएका कारण उनले राष्ट्रिय टोलीका कतिपय खेल खेलेका थिएनन् । नेदरल्यान्डसँगको विहीबारको खेल नै उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।















प्रतिक्रिया