१ कार्तिक २०८३, शनिबार

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरिया बाट उद्धार

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेगोस, नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनि बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा नेपाल फिर्ता भएका छन् ।

उनिहरु सङ्ग नेपाली दलाल जेशन श्रीस (बाग्लुङ्ग र पोखरा) लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे बताएको छन् । गैर आवासिय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनिहरु काठमाडौ फर्केका हुन ।

उनिहरुको पासपोर्ट समेत दलालले राखेका थिए । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो । गैर आवासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडाएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा नरहेको बताए । गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समूहका ५ जनालाई उद्धार गरि नेपाल फर्काइएको थियो ।

थापाले उनिहरुको फिर्ताका लागि पहल गर्ने इजिप्ट स्थित नेपाल दुतावस, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद दिएका छन् । बिबिन्द्र र जगनले गत मे महिनामा मात्र एनआरएनएको सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।