
काठमाण्डौं, ३१ असार । विश्वकप फुटबल सन् २०१८ को फाईनलमा आईतबार फ्रान्स र क्रोएसियाबीच रोचक भिडन्त हुँदैछ ।
फुटबलको महाकुम्भ मानिने विश्वकपको ४ वर्षे दौरानमा अब यस्तो फाईनल ४ वर्ष पछि सन् २०१८ मा मात्र हेर्न पाईने छ । खेल आइतबार राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ ।
फ्रान्सले समूह चरणमा अस्टे्रलियालाई २–१ र पेरुलाई १–० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।
अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले तथा क्वार्टरफाइनलमा उरुग्वेलाई २–० ले हराएको थियो । सेमिफाइनल उसले बेल्जियमलाई १–० ले हराएको थियो ।
क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वार्टरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो ।
क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो । सेमिफाइनलमा बलियो मानिएको इंग्ल्याण्डलाई २-१ ले हराएको थियो ।
पहिलो पटक विश्वकपको फाइनलमा पुगेका पछिल्ला दुई टोलीले उपाधि जितेको ईतिहास छ । सन् १९९८ मा फ्रान्स र सन् २०१० मा स्पेनले उपाधि जितेका हुन् ।















प्रतिक्रिया