३ कार्तिक २०८३, मंगलबार

३८ क्वीन्टल सुन तस्करी काण्ड : गोरेका भाई रमेश दुवईमा पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ असार । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चुडामनि उप्रेती ‘गोरे’का भाई रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् ।

इन्टरपोलको रेड नोटिसमा रहेका रमेशलाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको हो । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको सरकारी टोलीका संयोजक गृह सहसचिव ईश्वरराज पौडेलले पक्राउको पुष्टि गरेका छन् ।

अनुसन्धान समितिले रमेशले दुबईबाट सुन पठाउन मुख्य भूमिका रहेको आरोपसहित उनलाई पनि प्रतिवादी बनाएको थियो । पक्राउ परेका रमेशलाई नेपाल ल्याउन पहल भइरहेको स्रोतले जनाएको छ ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो काठमाडौं मार्फत इन्टरपोल मुख्यालयले रमेशसहित सुन तस्करीका मुख्य नाईके एमके मामा भन्ने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्का बिरुद्ध जुन १८ मा रेड नोटिस जारी गरेको थियो ।