३ कार्तिक २०८३, मंगलबार

दरबारमार्गको क्लव डेजाभुमा हुने भयो अर्को ‘उत्पात’, डिएसपी मल्लले दिए स्वीकृति

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । खराब तयारी र झुठ प्रचार गरेर धेरै ग्राहक तोनेका कारण गत मंसिर २७ गते मध्यराति तोडफोडमा परेर ठूलो दुर्घटनाबाट जोगिएको क्लव डेजाभुले फेरि त्यस्तै घटना दोहोर्‍याउने गरेर कार्यक्रम राखेको खुलासा भएको छ ।

त्यसका लागि क्लव डेजाभुले तयारी शुरु गरेको छ । क्लवको कार्यक्रमलाई दरबारमार्गका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले स्वीकृति दिएको आयोजकले जनाएका छन् ।

डिजे मार्समेलो नआएको कारण भएको जस्तो तोडफोड हुने छैन । सेलिब्रेटीको उछृङ्खल गतिविधिका कारण क्लव डेजाभुमा तोडफोड र कुटपिट हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौंको दरबारमार्गमा रहेको क्लव डेजाभुमा आइतबार राति विश्वकफ फुटबलको फाइनल खेलको खुसियालीमा क्लवका मालिक केपी गैरेले बलिउडकी ‘सी’ ग्रेडकी नायिका पुनम पाण्डेलाई ल्याएका छन् ।

पुनम पाण्डेका कारण क्लवमा आउने दर्शकबीच अप्रिय घटना भयो भने त्यसबाट फेरि मंसिर २७ गतेको जस्तो घटना नहोला भन्न सकिँदैन । त्यस बेला कसैको पनि ज्यान गएको थिएन । तर यस पटक त्योभन्दा पनि ठूलो घटना हुन सक्नेमा धेरैको चासो छ ।

सामाजिक सञ्जालमा आफ्ना उत्तेजक तस्बिर राखेर कानूनी फन्दामा परिसकेकी पुनम पाण्डेले आइतबार राति डेजाभु क्लवमा अर्धनग्न नृत्य देखाउनेछिन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुनम पाण्डेले आफ्ना नग्न नृत्य हेर्न क्लवमा आउन निम्तो दिएकी छिन् ।

डेजाभु क्लवले विश्वप्रसिद्ध डिजे मार्समेलो आउने भनेर टिकट बिक्री गरेको थियो । अन्तिम समयमा मार्समेलो नआएपछि टिकट काटेर क्लवमा पुगेकाहरूले तोडफोड गर्नुका साथै आगो लगाउने प्रयास गरेका थिए । सोही काण्डका कारण डेजाभु क्लवका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गर्नुका साथै त्यस बेलाका दरबारमार्गका प्रहरी प्रमुख डिएसपी तिलक भारती कारबाही स्वरुप सुरुवा गरिएको थियो ।

डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याइएको हो, बाहिर हल्ला फिजाइए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याएको होइन ।’

दरबारमार्गका प्रहरी प्रमुख मल्ले डेजाभु क्लवमा मंसिर २७ गतेको वितण्डा भुलेर यति ठूलो कार्यक्रम गर्न किन दिए भनेर प्रश्न उठेको छ । क्लव डेजाभुमा हुलदंगा भयो भने उद्धारका लागि कठिनाइ हुने प्रहरीकै भनाइ छ ।