१ कार्तिक २०८३, शनिबार

लमजुङका घिमिरे परिवारलाई दश हजार रुपियाँ सहयोग प्रदान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीताराम थापा

दोहा । कतारमा मृत्यु भएका श्रीकृष्ण घिमिरेको काजक्रिया खर्च सहयोग स्वरुप दस हजार नेपाली रुपैया सहयोग गरिको छ ।

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वार्ड नम्बर ६ भोर्लेटार घर भइ कतारको मिलाहा कम्पनीमा कार्यरत घिमिरे बिगत केही महिना अगाडिदेखि आफ्नै क्यापबाट बेपत्ता भएका थिए । केही महिनाको प्रयास पश्चात उनलाई मृत अबस्थामा भेटिएको थियो ।

कतारको नियम कानून र प्रक्रिया पूरा गरी गत हप्ता मात्रै उनको पार्थिब शरीरलार्इ जन्मस्थान पठाइएको थियो ।

सामाजिक परम्परा र सस्कार अनुसार काजक्रिया चल्दै गरेको अबस्थामा लमजुङ सेवा समाजको तर्फबाट सहयोग रकम संजय रेग्मीमार्फत घिमिरेका परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

जुलाई महिनाको पहिलो शुक्रबार बसेको संस्थाको नियमित मासिक बैठकले कतारमा कार्यरत हुँदाको समयमा मृत्यु हुन पुगेका लम्जुङ निवासीलाई काजक्रिया खर्च स्वरुप सुर्के थैली अभियान अन्तर्गत संकलित रकममध्य प्रतिमृतक दश हजार नेपाली रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।