मस्को, ३० असार । फुटबल खेलाडी नेइमारलाई रियल मड्रिडले क्लब भित्र्याउन चाहेको खबर लगातार आइरहेका छन् ।
दुई हप्ताअघि स्पेनको एक टेलिभिजनले रियल मड्रिडले नेइमारलाई क्लब ल्याउनका लागि पहल थालेको र त्यसका लागि २७५ मिलियन पाउण्डको प्रस्ताव गरेको खबर प्रशारण गरेको थियो ।
रियल मड्रिडले विज्ञप्ति नै निकालेर सबै कुरा असत्य रहेको भन्दै नेइमारसँग जोडिएका कुरा अस्वीकार गरेको थियो । नेइमार तथा रियल मड्रिडसँग जोडिएर खबर आउन छोडेका छैनन् ।
फेरि रियल मड्रिडले नेइमारलाई क्लब ल्याउन लागेको भन्ने कुरा अस्वीकार गर्नु परेको छ ।
रियल मड्रिडले पिएसजीका नेइमार र केलियन एमबाप्पेलाई अनुबन्ध गर्न सम्झौता नै गर्न लागेको कुरा आएपछि जुलाई २ मा विज्ञप्ति निकालेर अस्वीकार गरेको थियो ।
रियल मड्रिडको पछिल्लो स्पष्टिकरणमा भनिएको छ, ‘पिएसजी र रियल मड्रिडबिच राम्रो सम्बन्ध छ, यदी रियल मड्रिड पिएसजीका कुनै खेलाडीका लागि चासो राख्छ भने पहिलो क्लबमै प्रस्ताव गरिन्छ न कि खेलाडीसँग ।’
गएको वर्ष २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट नेइमार पिएसजी गएका हुन् । एजेन्सी















प्रतिक्रिया