अमेरिका । अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आधिकारिक होस्टमा नियुक्ति भएकी छिन् ।
उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक संजालमार्फत अधिकारिक रुपमा सार्बजनिक गरेको छ ।
मिस नेपाल आयोजना भएको २३औँ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता हुन् सकेको थिएन । गत वर्ष सन् २०१७ को मिस नेपालको आयोजना भएसँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त उपाधि दिदै मिस युनिभर्समा पठाएको थियो ।
श्रेष्ठ मिस युनिभर्समा सहभागी हुन गत वर्ष नोभेम्बर ५ मा अमेरिका आएकी थिइन् । २०१२ कि मिस नेपाल अर्थ भएकी श्रेष्ठ फिलिपिन्समा अन्तिम ८औँ स्थानमा पुग्न सफल भएकोमा यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।
















प्रतिक्रिया