१ कार्तिक २०८३, शनिबार

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संयुक्त अधिराज्य, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताएका हुन् ।

‘मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन । यसलाई भ्रामक खबर भनिन्छ’, ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भनेका छन् ।

यसैबीच ट्रम्पले अन्तर्वार्तामा ब्रेक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । एएफपी