
काठमाडौँ, २९ असार । नेपाल प्रहरीका ८ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।
एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् । उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् ।
कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत थिए ।
उनीहरुसहित अन्य ३ डीआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् । योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्न्यात, ठूले राई र सुरेश विक्रम शाह छन् ।















प्रतिक्रिया