बेल्जियम । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको अवसर पारेर बेल्जियममा भब्य कार्यक्रमको आयोजना गरिने भएको छ ।
अनेसास बेल्जियम च्याप्टरको आयोजनामा आगामी जुलाई १५ तारिकको दिन स्रष्टाहरूद्वारा आफ्ना आफ्ना रचना बाचन गरेर आदिकवि भानुभक्तलाई सम्झिने कार्यक्रम रहेको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा बेल्जियममा रहेका समस्त नेपाली भाषा साहित्य प्रेमी, कवि तथा साहित्यकार, साहित्यानुरागी तथा सम्पूर्ण महानुभावहरुमा सहभागी भैईदिनको लागि आयोजक संस्था अनेसास बेल्जियमका महासचिब सौरभ क्रान्जितले अनुरोध गरेको गरेका छन् ।















प्रतिक्रिया