३ कार्तिक २०८३, मंगलबार

यी हुन् विश्वकप फुटबलको फाइलनका लागि छनौट भएका रेफ्री

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २९ असार । रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् ।

सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने फिफाले जनाएको छ ।

लुजनिकीमै भएको आयोजक रसिया र साउदी अरेबियाबीचको ओपनिङ म्याच समेत उनैले खेलाएका थिए । शारीरिक शिक्षाका शिक्षक समेत रहेका ४३ वर्षीय पिटानाले ओपनिङ सहित रसियामा ४ खेल खेलाइसकेका छन् ।

फाइनल खेलमा अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले पिटानलाई असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन् ।

नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियलको रुपमा हुनेछन् भने रेफ्री असेसरको भूमिकामा एरविन जिएनस्ट्रा रहनेछन् ।

रसिया विश्वकपको फाइनल खेलाउने पिटानाले यसअघि सन् २०१४ मा ब्राजिल विश्वकपमा पनि रेफ्रीको भूमिकामा काम गरेका थिए ।

उनी अर्जेन्टिनाबाट दुर्इ विश्वकपमा सहभागी हुने दोस्रो रेफ्री हुन् । यसअघि नोर्बरटो कोइरेज्जा अर्जेन्टिनाबाट दुर्इ विश्वकपमा सहभागी भएका थिए ।

अर्जेन्टिनाका अनुभवी रेफ्री पिटानाले सन् २०१० मा पहिलो अन्तराष्ट्रिय खेल खेलाएका थिए । ब्राजिलमा २०१४ मा भएको विश्वकपमा उनले जर्मनी र फ्रान्सबीचको क्वाटरफाइनलसहित ४ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

नेस्टर पिटानाले पहिलो पटक अर्जेन्टिनयन लिगमा रेफ्रीको भूमिका निभाएका थिए ।

उनले २०१६ मा ब्राजिलमा भएको ओलम्पिक फुटबल टुर्नामेन्टमा जर्मनी र नाइजेरियाबीचको सेमिफाइनल खेल पनि खेलाएका थिए ।

सन् २०१७ मा रसियामै भएको पिफा कन्फेडेरेसन कपमा जर्मनी र मेक्सिकोबीचको सेमिफाइल खेल पनि उनैद्ये खेलाएका हुन् ।

इंग्ल्याण्ड र बेल्जियमबीच हुने तेस्रो स्थानको खेलको रेफ्रीमा इरानको अलिरेजा फगानी चयन गरिएको छ । एजेन्सी