बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

बजेटको प्रभावकारी कार्यान्वयनबारे प्रधानमन्त्रीसँग छलफल

दैनिक नेपाल २०७५ असार २७ गते १५:४२

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयका कार्ययोजनासम्बन्धी छलफल कार्यक्रममा मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा, कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवसँग सघन छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस् कार्ययोजना मगाइ मन्त्री र सचिवसँग छलफल गर्नुभएको हो ।

गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ । –रासस

प्रतिक्रिया
सम्बन्धित