१ कार्तिक २०८३, शनिबार

क्यानडामा अधिकारकर्मी बिष्णुमाया परियारले सुनाइन् संघर्ष र सफलताका कथा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यानडा, २५ असार । क्यानडामा भएको निडर नारी सम्मेलनमा न्यू जर्सीकि महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ विद्या वारिधि)ले सहभागी माझ आफ्नो संघर्ष र सफलताको कथा सुनाएकी छिन् ।

वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको सो कार्यक्रममा मुख्य वक्तामध्येकी एकका रुपमा उनले सहभागीता जनाएकी हुन् । उक्त सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरुलाई उनीहरुका सफलता र संघर्षको कथा सुनाउनका लागि वक्ताका रुपमा बोलाइएको थियो ।

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका नगर प्रमुख मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वानको शैक्षिक कार्यक्रमबाट स्थापना काल सन् १९९८ देखि हालसम्म १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएका छन् ।

सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले महत्वाकांक्षी छात्राकोष प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा धेरै महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्वित गर्दै आएको छ ।