१ कार्तिक २०८३, शनिबार

थाइल्याण्डमा गुफामा फसेका दुई बालकको उद्धार

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ असार । उत्तरी थाइल्याण्डमा दुई हप्तादेखि फसेकामध्ये २ जना बालक दुई जना बाहिर निकालिएका छन् । उनीहरुलाई थाई सेना र गोत्ताखोरहरुको टोलीले उद्धार गरेका हुन् ।

वर्षाको सम्भवाना बढेपछि उद्दारकर्ताहरुले आइतबार यो खतरनाक अभियानलाई अघि बढाउने निर्णय गरेका थिए । अहिले गोताखोरहरुले १२ बालक र एक कोचहरुलाई लिएर गुफाको अन्धकार र ठाँउ–ठाँउमा पानीमा पुरै डुबेको बाटोहरुबाट लिएर अघि बढिरहेको रिपोर्ट आएको छ ।

उनीहरुलाई समूहमा उद्दार गरिंदैछ । यो अभियानलाई कति समय लाग्छ भने अझै स्पष्ट भएको छैन । बाहिर निस्कन सफल भएका दुई बालकहरु ‘राम्रो अवस्थामा रहेको’ रिपोर्ट आएको छ । भोको र थकित ती दुई बालकहरुको अहिले गुफाको मुखमा प्राथमिक उपचार गरिदैंछ । एक स्थानीय प्रहरीका अनुसार त्यसपछि उनीहरुलाई थप उपचारको लागि हस्पिटल लगिनेछ ।

स्थानीय समयअनुसार विहान १० बजे १८ जनाको अन्तर्राष्ट्रिय गोताखोरहरुको उद्धार समूहले यो खतरनाक मानिएको अभियान शुरु गरेको थियो ।

हिजो राती पानीको सतह १२ इन्चसम्म तल झारिएपछि उद्धार अभियान अघि बढाउन आत्मविश्वास बढेको थियो । यो पानीको मात्रा घटेपछि गुफाको ४ कि.मि. मध्य अधिकांश बाटो हिडेरै निस्कन सकिने बताइएको छ । –एजेन्सीको सहयोगमा