१ कार्तिक २०८३, शनिबार

उपसभापति निधिसहित काँग्रेस नेता पोर्चुगल आउने

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-भरत प्रधान

लिस्बन, २४ असार । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीसहितका नेताहरु युरोपेली मुलुक पोर्चुगल आउने भएका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको यही जुलाई २२ मा हुने पाँचौ अधिबेशनलाई सम्बोधन गर्नका लागि उपसभापति निधीसहितका काँग्रेस नेताहरु पोर्चुगल आउने भएका हुन् ।

अधिबेशनलाई सम्बोधन गर्न पार्टी प्रवक्ता बिश्वप्रकाश शर्मा, रानीतिक विश्लेषक तथा काँग्रेस नेता प्रदिप गिरी, युवा नेता गगनकुमार थापा, अर्का युवा नेता प्रदिप पौडेल, जनजाति नेता नागेन्द्र कुमार कुमाललगायतका काँग्रेस नेताहरु पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिए ।

राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने अधिबेशनको ब्यापक तयारी भईरहेको सापकोटाले बताए । अधिवेशन नजिकिए सँगै संगठन विस्तार, सदस्यता बितरण, सदस्यता नबिकरण, कार्यकर्ता भेटघाट र भेलालाई तीब्रता दिईएको छ ।

अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।