शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेटघाट

दैनिक नेपाल २०७५ असार २४ गते १७:३७


केन्ट, बेलायत, २४ असार । बेलायतको एम्पायर हल, अल्डरसटमा ‘बाँसुरी चौतारी बेलायत’ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ ।

खड्क क्षेत्रीको संयोजनमा ‘बासुरी चौतारी बेलायत’ नामको फेसबुक पेज खोले यता बेलायतको बिभिन्न स्थानहरुमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबाधकहरु फेसबुक पेजमा मात्र केहि समय यता एक भएको र आफ्ना बाँसुरीका धुनहरु सुनाउदै आएका थिए । उक्त ‘बासुरी चौतारी बेलायत’ फेसबुकमा बेलायत भन्दा बाहिरका केहि बाँसुरीका लब्ध प्रतिष्ठित ब्याक्तित्वहरुलाई पनि समावेश गरिएको छ ।

‘बासुरी चौतारी बेलायत’को पहिलो भेलाको पहिलो शत्र बाँसुरीबारे बाँसुरीमा डिप्लोमा गरेका शास्त्रीय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दिपक चाम्लिङले आफ्ना अनुभव बाँडेका थिए । त्यस पश्चात उनले केहि मिठा बाँसुरीका धुनहरु पनि सुनाएका थिए ।

भेलाको दोस्रो सत्रमा ग्रुपका सबै सदस्यहरुले एक एक बाँसुरीका धुनहरु प्रस्तुत गरेका थिए । एकल प्रस्तुत सके पश्चात समूहमा अभ्यास भएको थियो । समूहको अभ्यास सके पश्चात बाँसुरीवादक दिपक चाम्लिङ्ले बाँसुरी बजाउन तथा मिठास ल्याउन केहि अति आवश्यक कुराहरु उदाहरणका साथ व्याख्या गरेर स्पष्ट पारेका थिए ।

संयोजक खड्क क्षेत्रीले सम्पूर्ण सदस्यहरुलाई भेलाको औचित्यबारे जानकराी दिदै क्लोज फेसबुक ग्रुपलाई चाडै पब्लिकको लागि हेर्न मिल्ने बनाउने बताए । जसले गर्दा बासुरीको धुन सुन्न र मन पराउनेहरुले पनि हेर्न मिल्ने बताए । उनले उपस्थितीको लागि सबैलाई धन्यवाद दिदै भविष्यमा पुनः भेला गर्ने प्रतिबद्घता जनाए ।

भेलामा संयोजक क्षेत्री, सल्लाहकार दिपक चाम्लिङ् तथा सदस्यहरु सुरेन्द्र इङ्नाम, भरत लोहोरुङ् राई, सेमन्त राई, मेघ गुरुङ्ग, कुल थापा,
विस पुन मगर, लोक बहादुर थापा, भुपाल गुरुङ्ग र पदम गुरुङ्गको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित