
काठमाडौँ, २२ असार । संसदीय सुनुवाइ समिति गठन गर्न प्रतिनिधिसभाको बैठक बस्दैछ ।
समिति गठनका लागि शुक्रबार दिउँसो २ प्रतिनिधिसभा बैठक बस्न लागेको हो । प्रतिनिधिसभाले आज संसदीय सुनुवाइ समिति गठन गर्ने सभामुख कृष्णबहादुर महराले जानकार दिएका छन् ।
१५ सदस्यीय समितिमा रहने रहने सांसदको नाम उपलब्ध भएपछि समिति गठन गर्न लागिएको हो । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ जना सदःय रहनेछन् ।
समिति गठन नहुँदा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मुलुकका लागि राजदूत नियुक्ति लगायतका काम रोकिएका छन् ।
बजेटको प्रक्रिया पूरा भएपछि बिजनेशविहीन बनेको प्रतिनिधिसभाले मौलिक हकसँग सम्बन्धित विधेयकसहित केही विधेयक बजेट अधिवेशनकै क्रममा अघि बढाउने तयारी गरेको छ ।















प्रतिक्रिया