
काठमाडौं, २२ असार । विश्वकप फुटबलको अन्तिम ८ अर्थात् क्वार्टर फाइनलको खेल शुक्रबारदेखि हुँदैछ । पोर्चुगललाई प्रि–क्वार्टरफाइनलमा स्तव्ध बनाउँदै २–१ को जीत निकालेको उरुग्वे युरोपेली शक्ति मानिएको फ्रान्ससँग भिँड्दैछ ।
डिफेन्स लाइन बलियो भएको उरुग्वेका लागि ठूलो झड्काचाहीँ पोर्चुगलविरुद्धको खेलमा घाइते भएका स्ट्राइकर इडिशन काभानी रहने बताइन्छ । उनले क्वार्टर फाइनल खेल्न नसक्ने अवस्थामा उरुग्वे अर्का स्ट्राइकर लुइस स्वारेजको भरमा हुनुपर्ने देखिन्छ । एक गोलमात्र खाएर सबै खेलमा जीत हात पारेको उरुग्वेका लागि फ्रान्स बलियो प्रतिद्वन्द्वी हो । स्टार खेलाडी र युवा पुस्ता फ्रान्सका लागि हावी छन् । तर उरुग्वेले काभानीको ठाउँमा क्रिश्चियन
स्टुआनीलाई उतार्ने स्रोतहरूलाई उदृत गर्दै इएसपीएन खेल न्युजल जनाएको छ । उता फ्रान्सले जीत निकाल्नका लागि आफ्ना सबै शक्ति उपयोगको तयारी गरेको छ ।
दोस्रो खेल ब्राजिलविरुद्ध बेल्जियमको हुनेछ । एक बराबरीसहित एक गोल खाएर बाँकी खेलमा जीत निकालेको ब्राजिलले एउटै खेल नहारेको बेल्जियमसँग स्पर्धा गर्दैछ । ब्राजिल स्टार खेलाडीले भरिएको टोली हो भने, बेल्जियममा उर्जाशिल खेलाडी रहेका छन् । यसकारण पनि ब्राजिलको अहिलेसम्मको अपराजित यात्रा र विश्वकप उठाउने चाहनामा बेल्जियम तगारो बन्नसक्ने अनुमान गरिएको छ ।
प्रि क्वार्टरफाइनलमा जापानविरुद्धको खेललाई अदभूत तरिकाले उल्टाएको बेल्जियममाथि जीत निकाल्नका लागि ब्राजिलले ठूलै कस्ट व्यहोर्नुपर्ने टिप्पणी गरिएको छ ।















प्रतिक्रिया