थाइल्याण्ड, २१ असार । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।
स्थानीय समय अनुसार बिहीबार अपरान्ह भएको डुङ्गा दुर्घटनामा करिब बीस जान वेपत्ता भएको अधिकारीले जनाएका छन् ।
करिब ९० जना यात्रुसहित पर्यटकीय टापू फुकोटबाट यात्रु लिएर हिँडेको डुङ्गा दुर्घटनामा परेका झण्डै आधा यात्रुलाई सकुशल उद्धार गरिसकिएको छ भने केहीलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।
दुर्घटनामा वेपत्ता २० जना अझैपनि कुनै सम्पर्कमा नआएका अधिकारीले जनाएका र उनीहरूको खोजी जारी रहेको छ । –रासस/एएफपी















प्रतिक्रिया