३ कार्तिक २०८३, मंगलबार

पूर्वयुवराज पारसले चरेश छाडे, चुरोट छाडेनन्

133k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । ‘ताली पिटेर राजतन्त्र फर्किँदैन, अब सबै मिलेर लाग्नुपर्छ’, पत्रकार तथा नागरिक भेटघाटका क्रममा बुधबार भैरहवामा पूर्वयुवराज पारस शाहले भने,‘त्यसका लागि सक्रिय भएर लागौं ।’

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’, पूर्वमहानिरीक्षक हेमबहादुर सिंहका छोरा गेरु बस्त्रधारी प्रभञ्जन सिंहसँगै बाबु ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन नेपालगञ्जतिर लाग्ने क्रममा भैरहवामा देखिएका थिए उनी । उनले नागरिक तथा पत्रकार भेटघाटका क्रममा सार्वजनिक कानुनको खिल्ली उडाए । अर्थात्, सार्वजनिक कार्यक्रममा चुरोटका तीन खिल्ली उडाए ।

कुलतबाट जीवनको लयमा फर्किरहेका र परिवारसँग पनि राम्रो सम्बन्ध बनाउन थालेका पारसको यो हर्कतले उनको आनीबानीका पूर्ण सुधार नआएको प्रस्ट देखाउँछ ।

कपाल पालेका पारस रातो बस्त्रमा देखिएका थिए । साधुको भेषमा राजाको वकालत गर्दै हिँडेका पारस यस अघि धेरै पटक चरेश काण्डमा परिसकेका छन् । यहाँसम्मकी थाइल्यान्डमा उनी चरेश काण्डमै पक्राउ परेका कारण छुटाउन पत्नी हिमानी शाहसम्म पुगेकी थिइन् । अहिले हिमानी र पारसको सम्बन्ध सुधारोन्मुख बताइए पनि एक साथ बस्ने गरेका छैनन् । उनीसँगै पहेँलो बस्त्रमा देखिएका महाराज योगी व्यग्र वेगनाथले सबै मिलेर देशमा राजसंस्था फर्काउनुपर्ने बताए ।

राजतन्त्रको सक्रियता बढेका बेला विभिन्न उदण्डताका कारणले नै पारस आलोचित थिए । झैझगडा र लफडामा फँसिरहने पारस पछिललो पटक कांग्रेस नेत्री सुजाता कोइरालाका विवादीत बंगलादेशी ज्वाँई रुबेल चौधरीसँग चितवनमा भएको झगडाका कारण झनै विवादमा फँसेका थिए । गणतन्त्र आएपछि भएको उक्त घटनामा जिल्ला प्रशासन कार्यालय चितवनले उनलाई सोधपुछ गरेको थियो ।