३ कार्तिक २०८३, मंगलबार

कांग्रेसका ‘अट्याकिङ क्रु लिडर’ : सुरु भयो देउवाविरुद्धको ‘किकअफ’

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी हुँदैगर्दा जिल्ला सभापति भेलाअघि देखिएको विभाजित गुटको सक्रियता बलियो देखिन्छ ।

सभापति शेरबहादुर देउवाले ब्रेकफास्ट गराउँदै पदाधिकारीको बैठक बुढानिलकण्ठमा बुधबार डाकेर रणनीतिक अभ्यासको थालनी गरिरहँदा उनीविरुद्धको गुटले महासमिति भेलामा लैजाने संस्थापनका गल्ती कमजोरीमाथि संश्लेषणसहितको मुद्दा तयार पार्न थालेको छ । फूटबलको भाषामा देउवाविरुद्धको ‘किकअफ’ सुरु भएको छ ।

यो खेलको नेतृत्वमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा भइरहेको छ । नेपाली कांग्रेसको राजनीतिक जीवनमा पहिलो पटक सूदुरपश्चिमविरुद्ध सूदुरपूर्व नेतृत्वको गुटगत योजना बनिरहेको हो । कांग्रेसको इतिहास पूर्वले चलायमान बनाएको थियो ।

‘यो फाइनल निर्णयजस्तो देखिएको छ । पार्टी सुधारका प्रश्नहरू गरी नयाँ पुस्तामा हस्तान्तरणको विषयलाई गुट होइन, कांग्रेसको भविष्य जोगाउने इमान्दारहरूको गठजोड भन्नुपर्छ’, सिटौलानिकट एक नेताले भने,‘महासमिति बैठकमा हामी नेतृत्वविरुद्ध होइन, नेतृत्वको काम र पार्टीमा प्रलोभन देखाउने चरित्रविरुद्ध अघि बढ्नका लागि आह्वान गर्नेछौं ।’

कांग्रेसभित्र यो ‘अट्याकिङ क्रु’ जिल्ला सभापति भेला हुनुपूर्वका केही दिन अघिमात्र बनेको थियो । सँधैभरी नेतृत्वले गरेको कामको बचाऊ गर्दै बसेका सिटौलाकै नेतृत्वमा आक्रामक रणनीति तय भइरहेको छ । सिटौलाले स्व. गिरीजाप्रसाद कोइरालाको गुटको नेतृत्व गर्ने लय समातेका छन् । उनलाई कोइरालाले नै शान्ति प्रक्रियादेखिका दिनमा जिम्मेबारीताका साथ अगाडी बढाएका थिए । स्व. सुशिल कोइरालाको नेतृत्वसम्म कोइराला खेमालाई साथ दिएका उनले १३ औं महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्दै थपिएको समयमा पौडेलविरुद्ध गोल गर्ने मौका देउवालाई दिए ।

‘त्यसबेला साथ दिएकै हो तर सभापति मनखुशी हिसावले चल्न थाले, उनको गैरजिम्मेवारीतामा साथ दिन सकिँदैन, चुनावमा लडेको कांग्रेस उठाएर दौडानका लागि नयाँ पुस्ता चाहिन्छ भन्ने निष्कर्शमा पुग्यौं’, एक नेताले भने,‘यसकारण अबको खेल जालझेलमा होइन तल्लो तहसम्मका कार्यकर्तालाई कन्भिन्स गर्दै परिवर्तनका पक्षमा उभ्याउने हो ।’

सिटौलालाई देउवाले उनलाई कांग्रेस पुनर्गठन वा पुनर्जागरणको नयाँ अभियानका लागि चुनेनन् । विपरित गुटको नेतृत्व गरिरहेका रामचन्द्र पौडेललाई बोकेपछि विपक्षी र युवाको नेतृत्व गर्दै सिटौला अघि बढिरहेका छन् ।

महाधिवेशनमा देउवा फेरि समिकरण परिवर्तन गरी सभापतिका लागि उम्मेदवारी दिने तयारीमा छन् । पौडेललाई नेतृत्व हस्तान्तरण गर्ने आश्वासनमा क्याम्पमा सहयोगी बनाएका देउवाले महाधिवेशनमा उनलाई ‘येल्लो’ कार्ड देखाउने मनसाय राखेका छन् । तर देउवाको यहि शैलीलाई ‘काउन्टर अट्याक’ गर्दै नयाँ पुस्ताको नेतृत्वका लागि सिटौलाको समूह अघि बढिसकेको छ । जहाँ डा. शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, प्रदिप पौडे, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतको गज्जबको साथ छ ।

सिटौला कोइराला विरासतको नयाँ नेता बन्ने अभियानमा पनि छन् । विपीपुत्र डा. शशांक कोइरालाको भुमिका संस्थापनको इतरमा नभएपछि सभापति लडेकै योग्यताका आधारमा कोइराला पंक्तिको नेतृत्व सिटौलाले गर्ने भएका छन् । त्यसैले पनि गिरीजाबाबुको ९५ औं जन्मजयन्तीमा गणेशमान फाउन्डेशनले गरेको कार्यक्रममा सिटौलाको नेतृत्वदायी भुमिकामा उपस्थिति भयो । त्यहि जन्मजयन्तीमा संस्थापनले गिरीजालाई विर्सियो । अरु त अरु जीवनभर गिरीजाका कारण मौका पाएका रामचन्द्रले पनि विर्सिएका थिए ।