३ कार्तिक २०८३, मंगलबार

एशियन मुलुक जापान विश्वकपबाट बाहिरियो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १९ असार । एसियन देश जापान २–० को अग्रता जोगाउन नसक्दा बाहिरिएको छ । एसियाको एक मात्र आश गरिएको टोली जापान बेल्जियमसँग ३–२ ले पराजित भएको हो । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै बेल्जियम क्वाटरफाइनलमा पुुगेको छ ।

खेलको ४८ औं मिनेटमा जेन्की हरागुुचीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटमै टाक्सी इनुुईले अग्रता दोब्बर पारे । तर पछि परेको बेल्जियमलाई जेन भर्टोन्जेनले ६९ औं मिनेटमा गोल गर्दै अग्रता घटाए ।

त्यसको ५ मिनेटमै मारौनी फिलानीले गोल गर्दै बराबरी गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम मिनेटमा नेशर चादलीले गोल गर्दै बेल्जियमलाई अघिल्ले चरण पुु¥याएका हुन् । अब क्वाटरफाइनलमा बेल्जियमले ब्राजिलको सामना गर्नेछ ।

बेल्जियम समूह जी को विजेता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको थियो । एजेन्सी