मस्को, १८ असार । टाइब्रेकरमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोयसिया क्वाटरफाइनलमा पुुगेको छ । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो तर दुवै टोलिबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
डेनमार्कका लागि क्रिस्टियन एरिक्सन, लेसेस स्कोन र निकोलाई जोर्जेन्सन्ले गोल नगर्दा डेनमार्क घर फर्किन बाध्य भयो । उसका लागि सिमन केजयर, माइकल क्रोन डेलीले गोल गरे ।
क्रोयसिया मिलन बडेज र जोसिव पिभारिक चुके पनि आन्द्रे कमरिच, लुका मोड्रिक र इभान रयाकिटिकले गोल गर्दै रुससँगको भेट पक्का गरेका हुन् । त्यसअघि खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा लुका मोड्रिक चुुकेका थिए ।
क्रोयासियाविरुद्ध डेनमार्कले माथिस जोरजेन्सेनको गोलमा पहिलो मिनेटमै अग्रता लिएको थियो । तर चौथो मिनेटमै मारियो मान्डुरिकले गोल गर्दै बराबरी गरे ।
क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएको थियो । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–०, दोस्रो खेलमा अर्जेन्टिनलाई ३–० ले र तेस्रो खेलमा आइसल्याण्डमाथि २–१ को जित निकालेको थियो ।
यसअघि उरुग्वे र फ्रान्स पनि अन्तिम ८ मा पुुगेका छन् । आइतबार राति स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा पुुगेको आयोजक रुससँग अब क्रोयसियाको भेट हुनेछ । एजेन्सी















प्रतिक्रिया