३ कार्तिक २०८३, मंगलबार

विश्वकपमा घरेलु टिमलाई अविश्वसनीय नतिजा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १८ असार । स्पेनलाई पेनाल्टी शुटआउटमा ४–३ ले पराजित गर्दै रुस विश्वकपको क्वार्टरफाइनल पुगेको छ ।

अब रुसले सेमिफाइनलमा प्रवेश पाउन डेनमार्क र क्रोएसिया बीचको विजेतासँग खेल्नु पर्नेछ । रुसका कप्तान एवम् गोलरक्षक इगोर अकिनफिभले कोके र इगो असपासको पेनाल्टी प्रहार रोक्दै घरेलु टोलीलाई अविश्नीय सफलता दिलाएका थिए ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको र त्यसपछिको थप ३० मिनेटको खेलमा पनि स्पष्ट नतिजा नआएपछि रुस विश्वकपको पहिलो खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

विश्वकप र युरोमा अहिलेसम्म आयोजक राष्ट्रलाई पराजित गर्न नसकेको स्पेनले १२ औं मिनेटमा भाग्यशाली अग्रता लिएको थियो ।

फ्रिकिकमा आएको बलमा स्पेनका कप्तान सर्जियो रामोसले गोलको दिशा तिर बढ्दा उनलाई रोक्न खोजेका ३८ वर्षे सर्जेइ इग्नासेभिचले आफ्नो पोष्टमा गोल गर्न पुगे ।

विश्वकपमा यो दशौं आत्मघाती गोल हो । गोलपछि पनि दबाब बनाइ रहे पनि स्पेनले पहिलो हाफमा पोष्टमा भने अर्को आक्रामण गर्न सकेको थिएन् ।

रुसको पनि अग्रपंक्तिमा खासै धार देखिएको थिएन् । तर एलेक्जान्डर गोलोभिनको हेड प्रहार जेरार्ड पिकेले हातले रोक्न पुगेपछि रुसले ४२ औं मिनेटमा पेनाल्टी पाएको थियो ।

फरवार्ड अर्टेम डजिउबाले प्रतियोगितामा आफ्नो तेस्रो गोल गर्नेक्रममा स्पेनका गोलरक्षक डेबिड डी जिआलाई विपरित दिशामा डाइभ हान्न बाध्य पारिदिए ।

यसले मस्को स्थित जुझनिकि रंगशालामा उपस्थित ७८ हजार दर्शकमा बाक्लो समूहमा रहेका घरेलु समर्थकलाई उत्साहित बनाएको थियो ।

६५ औं मिनेटमा डजिउबालाई परिवर्तन गरेपछि रुस बिना स्ट्राइकर खेलेको थियो र दुबै टोली बिना दौड जस्तै खेलिरहेका देखिन्थे ।

आफ्नो पहिचान टिकिटाकालाई आधार बनाई खेल भरी ७५ प्रतिसत बल नियन्त्रणमा राखे पनि स्पेनले रुसी गोलरक्षक अकिनफिभको अर्को परिक्षण गर्न ८५ औं मिनेट कुर्नु परेको थियो, जब बैकल्पिक इनिस्टाले गोल लक्षित प्रहार गरेका थिए । स्पेनले कुल १ हजार ६ पास खेलेको थियो । विश्वकपमा यो एउटा कीर्तिमान पनि हो ।

स्पेन २००२ को विश्वकपमा पनि सह आयोजक दक्षिण कोरियासँग नकआउट चरणमा पराजित भएको थियो । रुस जारी विश्वकप खेलिरहेका टोलीमा सबैभन्दा कम वरीयतामा ७० औं स्थानमा रहेको राष्ट्र हो । स्पेन भन्दा रुस वरीयतामा ६० स्थानले पछाडि छ । एजेन्सी