
काठमाडौं । ‘कहाँ बस्नुहुन्छ ?’ उनको उत्तर– बुटवल । काठमाडौं आउनुहुन्न ? सिधा जवाफ– रेकर्डिङका लागि मात्र आउँछुु । उनी हुन् गायिका प्रिया भण्डारी ।
भण्डारी मोडलिङ गर्थिन् । मोफसलको मोडलिङले केन्द्रिकृत म्यागेजिनको कभर पृष्ठ कहाँ सजिलै पाउँछ र ! न कुनै ठूला अखबारको पृष्ठको सजावट बन्छ । त्यसैले उनले गायनमा पाइला चालिन् ।
त्यसको पनि उस्तै पीडा थियो । गीतलाई कसरी भाइरल बनाउने ? स्थानीय तहको चुनाव नजिकिँदै गरेका बेला तत्कालिन एमालेको चुनावीय गीत तयार पार्दै थिए, बद्री पंगेनी । युवतीको स्वरको खाँचो भयो । सम्भवतः नेताको ‘सिफारिस’ पनि हुनुपर्छ, प्रियाले मौका पाइन् । अनि, गाइन्– सैं पनि एमाले मै पनि एमाले ! यहि गीतले प्रियाको गायन यात्रालाई उठायो ।
गीत हेर्नुहोस् ।
प्रिया नेता भनेपछि हुरुक्क हन्छिन् । राजनीतिभित्रको एउटा लगाव हुनुपर्छ । त्यसैले त उनले पूर्वएमाले उर्फ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि धेरै नेतासँग सेल्फी हानेकी छन् । सामाजिक सञ्जालमा सक्रिय उनले नेताहरूको जन्मदिनमा आफूसहितको तस्बिर राखेर बधाई दिने गरेकी छन् ।
कलाकार कसैका हुँदैनन् भन्ने उक्तिको उल्टो अर्थजस्तो देखिन्छ उनको हाउभाउ । उनले प्रत्येक नेतालाई सम्बोधन गर्दा ‘कमरेड’ नै भन्छिन्, कमरेड नै लेख्छिन् । पंगेनीको गायनयात्राको उनी विस्तारै सहयात्री बन्न थालिन् । त्यसपछि उनको अर्को गीत आयो– कान्छी ओई कान्छी । त्यसमा उनले युवतीको लाइनबाट गाइन्, कान्छा ओई कान्छा ।
भिडियो यहाँ हेर्नुहोस् ।
उनको यहि स्वरले देखाउँछ उनको ग्ल्यामर । अहिले उनलाई देश र विदेशमा हुने विभिन्न कार्यक्रमका अफर आउन थालेका छन् । उनी समुद्रदेखि मरुभुमीको देशसम्म गाउनकै लागि पुग्न थालेकी छन् ।
प्रियाले अहिलेसम्म लोकभाकामा आफुलाई अभ्यस्त राखेकी छन् । उनले भन्ने गरेकी छन्,‘राम्रो गीत आए आधुनिक र अन्य भाकामा पनि सक्रिय हुनेछु ।’















प्रतिक्रिया