३ कार्तिक २०८३, मंगलबार

नकआउट चरणमा उरुग्वेको पहिलो जित, विश्वकपबाट पोर्चुगल बाहिरियो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १७ असार । उरुग्वेले नकआउट चरणमा पोर्चुगललाई पराजित गरेको छ । उरुग्वेले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन् । खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए । उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे ।

पोर्चुगलका लागि पेपेले गोल गरेका थिए । उनले ५५औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । बराबरीलाई काभानीले धेरै समय टिक्न दिएनन् ।

यी दुई देशबीचको खेलमा बल अधिकांश समय पोर्चुगलको पक्षमा रह्यो । उरुग्वेको डिफेन्सलाई चिर्दै पोर्चुगलले गोल गर्न भने सकेन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल पनि गर्न सकेनन् ।

समूहचरणमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । विजेता टिमका स्टार खेलाडी लुइस सुवारेजले पनि गोल गर्न सकेनन् ।

उनले केही राम्रा अवसर सिर्जना गरेपनि पोर्चुगलको डिफेन्सलाई चिरेर गोल गर्न उनी पनि असमर्थ रहे । पोर्चुगललाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको उरुग्वेले अब फ्रान्सको सामना गर्ने भएको छ ।

नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर फ्रान्स क्वाटरफाइनल पुगेको हो । क्वाटर फाइनलको पहिलो खेल उरुग्वे र फ्रान्सबीच असार २२ गते हुनेछ । एजेन्सी