
-विजय थापा
अमेरिका, १६ असार । जुन २९ तारिख देखि जुलाई १ सम्म हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन) सुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले सम्मेलनको उदघाटन गरे ।
भर्खरै मेरिल्याण्ड राज्य जिल्ला ८ बाट राज्य बिधान सभा सदस्यको लागि संपन्न डेमोक्रेटिक दलको प्राथमिक निर्वाचनमा निर्वाचित भएका ह्यारी भण्डारी सगुनका कविन्द्र सिटौला, एनआरएन अमेरिका वरिष्ठ उपाध्यक्ष सुनिल शाह लगायत बिभिन्न संघरसंस्थाका प्रतिनिधिहरु, खेलाडीहरु र नेपाली समुदायको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य सम्मेलन संयोजक बिना लामाले गरेकी थिइन् । प्रमुख अतिथि राजदूत कार्कीले दूतावास नेपाल सरकार र आफ्नो व्यक्तिगततर्फ बाट धन्यवाद दिदै अमेरिकामा आएर पनि नेपाली कला संस्कृती, पहिचानलाई निरन्तरता, प्रवर्द्धन र सम्वर्द्धन गरेकोमा उच्च सम्मान गर्न चाहेको बताए ।
यसै गरि ह्यारी भण्डारीले हामी के गर्ने भन्दा अब हामी कहाँ जाने भन्ने कुराले महत्व राख्ने बताए । उनले ८० प्रतिसत अमेरिकन स्वेत हरुको मतले आफूले डेमोक्रेटिक दलको तर्फ बाट प्राथमिक निर्वाचन जितेका भन्दै ६ हजार घरहरुमा घर दैलो अभियान गरेको बताए ।
साथै साँझ ८ः३० मा सांस्कृतिक साँझ कार्यक्रममा क्यालीफोर्नियाबाट लोकप्रिय गायिका नलिना चित्रकार, न्यूयोर्कबाट संजोक योञ्जन, युवा गायक रुद्र शर्मा लगायत भर्निनियाँ स्थित नेपाली पाठशाला सेन्टरभिलका बिद्यार्थीहरुले बिशेष नेपाली संस्कृतिक झल्कने बेजोड प्रस्तुति गरेका थिए ।
पहिलो चरणमा औपचारिक कार्यक्रम तथा दोश्रो चरणमा साँस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । सम्मेलनको लागि नेपालको प्रसिद्ध संगीत मण्डली कन्दरा ब्याण्ड अमेरिका आई पुगेका र आज प्रस्तुति हुने छ । सम्मेलनको पहिलो दिन जुन २९ तारिख शुक्रबारदेखि विभिन्न खेलकुद सुरु भै रहेको छ ।















प्रतिक्रिया