
-पूर्ण विश्वकर्मा
ओमन, १६ असार । मस्कट्को कुरुम स्थित नेपाली दूतावासमा जनजागरण तथा युवा सशक्तीकरण कार्यक्रम भएको छ ।
एनआरएन ओमनको आयोजना गरिएको कार्यक्रममा एनआरएन ओमनका उपाध्यक्ष गुणहरि अधिकारी, राजदूत शर्मिला पराजुली ढकाल, एनआरएनका सचिव डिबि क्षेत्री, मनोज कुमार चन्द, ढकाल, रोजिना ताम्राकार, श्रम सहचारी कृष्ण कुमारी गौली, एनआरएनका सल्लाहकार तोलाकान्ता भट्टराई, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष उमेश विश्वकर्मा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा ओमनमा रहेका नेपालीलाई ओमनको कानुन र आफू कसरी सुरक्षित रहने, साथीहरूलाई कसरी सहयोग गर्ने भन्ने बारेमा जानकारी दिइएको छ ।















प्रतिक्रिया