
काठमाडौँ, १६ असार । धापासीस्थित ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
शनिबार दिउँसो साढे ३ बजे अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएपनि हेलिकोप्टरको पखेटामा क्षती पुगेको छ ।
नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।

ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको जानकारी दिए ।
दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको छ । चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो ।

















प्रतिक्रिया