३ कार्तिक २०८३, मंगलबार

रमेश खरेललाई आइजीपी खनालको कडा जवाफ

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । प्रहरी प्रमुख सर्वन्द्र खनालले पूर्व डिआईजी रमेश खरेललाई जवाफ दिएका छन् । साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीका अधिकारी पनि मुछिएको विषयमा संगठन प्रमुखले नबोलको भन्दै केही समय पहिले पत्रकार सम्मेलन गरेर निवर्तमान डिआईजी खरेलले नेतृत्वको नालायकीपन भनेका थिए ।

प्रहरी महानिरीक्षक खनालले बिहीकार प्रहरी हेडक्वार्टरमा पत्रकार सम्मेलन गर्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रहरी अधिकारीबारे आफूले बोल्न नमिल्ने बताए । गत जेठ २० गते निवर्तमान डीआईजी खरेल, पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी र पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयको छानविन समितिमाथि प्रश्न उठाएका थिए ।

उनीहरुले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवस लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई फसाइएको भन्दै छुट्टै छानविनको माग गरेका थिए । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीमाथि यसरी अभियोग लगाउँदा प्रहरी संगठनमै दीर्घकालिन असर पर्ने उनीहरुको चेतावनी थियो ।

छानविन समिति र प्रहरी संगठन प्रमुखमाथि प्रश्न उठाएपछि आइजिपी खनालले विहीबार प्रहरी मुख्यालयबाटै नाम नलिई पूर्व प्रहरी पदाधिकारीलाई जवाफ फर्काएका हुन् । यसअघि छानविन समितिका संयोजक ईश्वरराज पौडेलले पनि अनुसन्धानमा प्रश्न उठाउनु गलत भएको बताएका थिए ।

आइजिपी खनालले सुन तस्करीको अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरीका विषयमा प्रश्न उठाउने कानूनी आधार नभएको स्पष्ट पारे । ‘को सही हो, को गलत त्यो हेर्न सरकारले विज्ञहरुको समिति बनाएको छ’, उनले भने, ‘पूर्व संगठन प्रमुखकै संलग्नतामा बनेको गृह मन्त्रालयको समितिलाई मैले यसो गर, उसो गर भन्न मिल्दैन । यो मेरो अधिकारबाहिरको कुरा हो ।’

आफूले समितिलाई सकारात्मक सहयोग गर्ने बताउँदै खनालले प्रहरी अधिकारी किन पक्राउ गरेको भनेर प्रश्न उठाउने ठाउँ नभएको बताए । ‘अफिसरहरु एक पटक राम्रो काम गर्दैमा सधै राम्रो भन्ने हुँदैन । विज्ञहरु सम्मिलत समिति छ, मेरो दायित्व के हो भन्ने कुरामा म स्पष्ट छु’, उनले भने ।