३० आश्विन २०८३, शुक्रबार

नेपाल-चीन रेल लिङ्क यसकारण गेम चेन्जर

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मीन बहादुर पण्डित

देशमा गरिबी छ, सरकारको अन्य धेरै दायित्वहरू छन भन्दैमा रेल नबनाउनु ठूलो मुर्खता हुनेछ । किनकी, गरिबी र सरकारको अन्य दायित्व पूरा गर्ने माध्यम भोली यही रेल नै हुनेछ, अर्थात नेपाललाई रेलले नै धनी बनाउने छ, किनकी दुःख झेले मात्र सुखका दिन आउँछ । त्यसैले चाहे जतिसुकै महँगो परोस्, ‘नेपाल चीन रेल लिंक’ लुम्बिनी सम्म जसरी भएपनि बनाउनु पर्छ । रेलले नेपाललाई चीनको ऋणमा डुबाउँछ भनेर सोच्नु हुँदैन । बरु रेल बनेपछि देशलाई थप ऋण लाग्न बाट जोगाउनेछ ।

ऋण नै लिएर भएपनि केरुङ्ग–काठमाडौँ– लुम्बिनी रेल चलाउनुपर्छ । जसले गर्दा एकातिर रेल निर्माणले मजदूरलाई रोजगारी दिन्छ भने अर्कोतिर सस्तोमा सामान आयात र निर्यात हुन्छ । अनि १८ करोड चिनियाँ बुद्धिष्ट र बुद्धिष्ट बराबर अरु १८ करोड चिनियाँ पर्यटकहरू नेपाल घुम्न आउन आकर्षित गर्न सक्छ ।

यदि राम्रो वहाल आउने ठाउँमा जग्गा छ भने ऋण लिएर भएपनि घर बनाउनु पर्छ, किनकी पछि घर बनाउन दोब्बर महँगो पर्छ । बरु घरको वहालले ऋण तिर्दै खान त पुग्छ । अनि, ऋण सकिएपछि घर पनि आफ्नै हुन्छ । तर, ऋण लाग्छ भनेर डरायो भने कहिले पनि घर बन्दैन । अनि एकदिन त्यहि जग्गा बेचेर खानु पर्ने स्थिति आउन सक्छ, वा ऋण लिएर खानु पर्ने दिन आउँछ, अथवा आधा पेट र गÞरिबीमा जिÞन्दगी बिताउनु पर्ने हुन सक्छ । १० वर्ष अगाडी १० लाखमा ४ कोठे घर बन्थ्यो भने अहिले ३० लाख जति लाग्छ । त्यसैले १० वर्ष अगाडी घर बनाउनेलाई २० लाख फाइदा भयो । अर्काेतिर ५ लाख जति वहाल तिर्नुपर्ने पैसा पनि जोगियो । आफ्नो घरमा आनन्दले बस्न पनि पायो, नत्र १० बर्षमा ५ चोटी कोठा सर्नु पर्ने हुनसक्थ्यो । त्यसकारण परिवारमा समस्या छ, बच्चा पढाउन गाह्रो छ आदि भनेर घर नबनाई बस्न मिल्दैन । आफूसँगग भएको पैसा हाल्ने, बाँकी ऋण लिने अनि घर बनेपछि बिस्तारै ऋण तिर्दै जानु बुद्धिमानी हुन्छ ।

त्यसकारण उचित किसिमले सम्झौता गरेर ऋण नै लिएर भएपनि केरुङ्ग–काठमाडौँ– लुम्बिनी रेल चलाउनुपर्छ । जसले गर्दा एकातिर रेल निर्माणले मजदूरलाई रोजगारी दिन्छ भने अर्कोतिर सस्तोमा सामान आयात र निर्यात हुन्छ । अनि १८ करोड चिनियाँ बुद्धिष्ट र बुद्धिष्ट बराबर अरु १८ करोड चिनियाँ पर्यटकहरू नेपाल घुम्न आउन आकर्षित गर्न सक्छ । बर्षमा २५ चिनियाँ नेपाल घुम्न आउँदा पनि २ करोड भयो । त्यत्रो पर्यटक आउँदा ३ करोड नेपालीलाई नै प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी निस्किन्छ । जसले गर्दा ६० लाख बिदेशीएका युवाहरू एकैचोटी नेपाल फर्किएर देश विकासमा लाग्न पाउछन् । नेपालको पर्यटन व्यवसाय अपार हुन्छ । त्यसैले सबै मिलेर यसो गरौँ नेपालको विकासमा कायापलट हुनेछ । नेपालको परिस्थिति अनुसार देश विकासको भिजन यही हुनु पर्दछ । अब भिजन पूरा गर्ने मिसनमा लागौँ ।

अहिले सात समुन्द्र पारी खाडीमा १५ हजारमा पाइने टिभी चीनसँग सीमा जोडिएको नेपालमा ३० हजार जति पर्छ । दुबईमा २५ हजारमा पाइने वासिङ मेसिन नेपालमा ७५ हजार जति पर्छ । सबै समानमा यस्तै हालत छ । आखिर हामी गरीब नेपाली दुबईका धनी मान्छेले भन्दा दोब्बरमा किन सामान किन्न बाध्य छौँ ? हामीलाई यसरी महँगोमा पार्न मिल्छ? यसरी हरेक समान महँगोमा किनिरहने हो भने कहिले पनि बचत हुन्न । बरु घर चलाउन ऋणमा डुब्नूपर्छ । त्यसैले गर्दा नै हामी धनी हुन नसकेका हौ ।

देश धनी हुनु भनेकै सरकार धनी हुनु हो । त्यसकारण नेपाल–चीन रेल लिंक नेपालको विकासमा कायापलट (game changer) गर्ने माध्यम हो भन्ने कुरामा कुनै पपनि बुद्धिजीबी देशभक्तहरूमा दुई मत छैन ।

नेपालमा सामान महँगो हुनुको कारण महँगो भन्सार र महँगो यातायात हो । भारतमा एक लाखमा पाइने बाइक हामी २ लाख किन तिर्ने ? बाइक, वासिङ मेसिन आदि समानहरु आजका जमानामा समय बचाउने आवश्यकता हुन्, विलासिता होइनन् । त्यसैले कन्टेनर बोक्ने र पर्यटक बोक्ने रेलबिना विकास सम्भव छैन । अमेरिकाको समेत चीनसँग व्यापार घाटा छ, त्यसैले व्यापार घाटा बढ्छ भनेर रेल नबनाउनु मुर्खता हुनछ । रेल आयो भने अझ व्यापार घाटा बढ्छ भनेर सोच्नु भनेको नजिकै पसल भयो भने धेरै किनिन्छ भनेर सोच्नु जस्तै हो । दोष पसलको हुँदैन, किन्ने र उपयोग गर्ने बानीको हुन्छ । अर्को कुरा सुविधा हेर्ने कि खर्च हेर्ने ? व्यापार घाटा घटाएर उत्पादन बढाउन र औद्योगिककरण गर्नका लागि आवश्यक उपकरण र कच्चा पदार्थ मगानन समेत रेल त चाहिन्छ चाहिन्छ । व्यापार घाटा घटाएर आत्मनिर्भर बन्ने हो भने रेल बनाउने कुरामा झेल गर्न हुँदैन ।

लेखक

भारतको रेल भाँड्ने खेलमा लागेर मर्ख बनेर देश र जनतालाई घात गर्नु हुँदैन । अर्काै कुरा सरकारले महँगो भन्सार लिएर विकास हुँदैन, बरु जनता झन झन गरीब बनाउँछ । औद्योगिककरण गरेर सरकारले कर पाउने वातावरण भएपछि मात्र देश र जनता धनी हुने हो । गरीब नेपाली चढ्ने गाडीमा २४०५ भन्सार लगाएर सरकार धनी भयो त ? बरु जनता धनी हुने वातावरण बनाउ देश आफै धनी हुन्छ । देश धनी हुनु भनेकै सरकार धनी हुनु हो । त्यसकारण नेपाल–चीन रेल लिंक नेपालको विकासमा कायापलट (game changer) गर्ने माध्यम हो भन्ने कुरामा कुनै पपनि बुद्धिजीबी देशभक्तहरूमा दुई मत छैन ।

रेलको योजना सम्पन्न गर्ने बलियो निकाय भनेको ‘रेल मन्त्रालय’ नै हो ।  रेल विभागले मात्र यत्रा योजनाहरूको व्यावस्थापन गर्न सक्दैन । यातायात मन्त्रालय आफै बाटो बनाउन नसकेर लथालिङ्ग छ । त्यसैले रेलको विकासका लागि अविलम्व रेल मन्त्रालय गठन गरियोस् । सक्षम व्यक्तिलाई रेलमन्त्री बनाइयोस् 

तर, २ वर्ष रेल बनाउन ढिला गर्नु भनेको ४ खर्बमा बन्ने रेल ८ खर्बमा बनाउनु हो । अर्काे कुरा कुनैपनि आयोजना पुरा गर्न त्यस सम्बन्धी बलियो निकाय चाहिन्छ । रेलको योजना सम्पन्न गर्ने बलियो निकाय भनेको ‘रेल मन्त्रालय’ नै हो । किनकी, रेल विभागले मात्र यत्रा योजनाहरूको व्यावस्थापन गर्न सक्दैन । यातायात मन्त्रालय आफै बाटो बनाउन नसकेर लथालिङ्ग छ । त्यसैले रेलको विकासका लागि अविलम्व रेल मन्त्रालय गठन गरियोस् । अनि, सक्षम व्यक्तिलाई रेलमन्त्री बनाइयोस् । नत्र रेलको गफ हावा कुरा भनेर उडाउनेहरूलाई थप बल पुग्नेछ । काम गर्छु भनेर मात्र हुन्न, काम गर्ने ढङ्ग पनि पुर्‍याउनु पर्छ । त्यसैले सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू विरोधीहरूको मुख बन्द गर्न भएपनि अलिम्व रेल मन्त्रालय गठन गरेर गर्नुपर्ने कामको जिम्मा दिनुहोस् । अनिमात्र रेलको विकासले सार्थकता पाउनेछ ।
देशले चाहेमा रेलको विकास गर्न पूँजीको कुनै अभाव हुँदैन । स्वदेसी लगानी र जनताले चाहेजति शेयर दिनुपर्छ । बाँकी अनुदान खाेज्ने  अपूग रकम मात्र ऋण लिनु पर्छ । अनि, विदेशी कम्पनीलाई ठेक्कामा दिनु हुँदैन, बरु दुबईले जस्तै विदेशी विज्ञ र ईन्जिनियरहरूलाई काममा राखेर व्यवस्थापन आफैले हेर्नूपर्छ । यसो गर्दा आयोजना आधा सस्तोमा बन्छ । बरु दुई लाइन रेल अटाउने सुरुङ कसैलाइ बनाउन दिएर रेलको लीक बनाउन मात्र रेलको ठेकेदारलाई दिने हो भने अझै आधा सस्तो पर्नेछ ।

नेपाल सरकार केहिपनि नभएको त्यति गरीब पनि छैन । नेपाल सरकारसँग देश विकासका लागि चाहिने प्रशस्त प्राकृतिक श्रोत र साधनहरु छन् त्यसको उचित व्यवस्थापन गर्न सक्ने नेतृत्व मात्र खाँचो छ ।

रेलको ठेकेदार कम्पनीलाई सोधेर उसले चाहे जस्तो सुरुङ बनाइ दिए भएन ? तर सबै काम एउटै कम्पनीलाई दिदा महँगाे पनि पर्छ, काम पनि ढिला हुन्छ । देशमा अनेक समस्याहरू छन् भनेर रेल नबनाइ बस्न मिल्दैन, ऊदाहरणका लागि गाउँबाट काठमाडौँ पढ्न आएको व्यक्तिसँग कोठा भाडा तिर्ने र क्याम्पसको फी तिर्र्ने पैसा समेत हुँदैन । यस्तो बेला उसले काठमाडौँमा घर बनाउने सपना देख्न नपाउने ? त्यस्ता लाखौँ छन् जोसँग काठमाडौँ बस्दा फी तिर्ने पैसा थिएन तर, आज तिनको काठमाडौँमा भव्य घर छ । जब ऋण लिएर व्यापार गर्नेहरू पनि करोडपती भएका छन् भने ऋण लिएर रेल किन नबनाउने ? बस् भ्रष्टाचार हुन दिनु भएन । गुणस्तरीय काम हुनुपर्‍यो । त्यसको निरीक्षण गर्ने जिम्मा सरकार र रेल विभागको हो । नेपाल सरकार केहिपनि नभएको त्यति गरीब पनि छैन । नेपाल सरकारसँग देश विकासका लागि चाहिने प्रशस्त प्राकृतिक श्रोत र साधनहरु छन् त्यसको उचित व्यवस्थापन गर्न सक्ने नेतृत्व मात्र खाँचो छ । त्यसैले रेलको विकास गर्न यी कुराहरू मनन् गरियो भने ‘नेपाल–चीन रेल लिङ्क’ देशमा विकास र आमुल परिवर्तन ल्याउने गेम चेन्जर हुनेछ ।