१ कार्तिक २०८३, शनिबार

नेपाली मूलका भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न योग्य

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सभा सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबी ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।

उनी डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका हुन् । शीर्ष ३ उम्मेदवारमध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागि ढोका खुलेको छ ।

उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवारसंग चुनावी मैदानमा भिड्नु पर्नेछ । ४ जना प्रतिस्प्रर्धीमा एरिक ब्रोम्वेल पहिला, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।

२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थानमा रही २८ प्रतिसत मत ल्याई विजयी भएका छन् । एरिक ब्रोम्वेलले ६३८७ ल्याई प्रथम भएका थिए ।

मेरिल्याण्ड डेमोक्रेटिक दलको केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी भएको डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवारमध्ये उनी परेका हुन् । सन् २०१४ मा भण्डारी चौथो स्थान भएपछि प्राथमिक चरण मै बाहिरिएका थिए ।

यो केवल प्राथमिक निर्वाचन मात्र हो । आमनिवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको इतिहासमा नाम लेख्ने अवसर पाउनेछन ।

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोश्रो पटक पुनः उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् ।