
-विजय थापा
अमेरिका, १० असार । गत जुन २१ तारिख न्युयोर्कको बिहिबार न्युयोर्कको लङ आइल्याण्डमा आयोजित कार्यक्रममा गायिका तथा मिस नेपाल युएस २०१३ बर्तिका राई लाई सुस्मिता सेनले सम्मानित गरेकी छिन् ।
बलिउडकि चर्चित कलाकार तथा मिस युनिभर्स १९९४ सुस्मिता सेनको हात बाट उनलाई सम्मान गरिएको हो । महिला सशक्तिकरणको मर्मसहित आयोजित कार्यक्रममा उक्त पुरस्कार पाउनेमा बर्तिका मात्र नेपाली थिइन् ।
सुस्मिता सेनले क्रिस्टल अवार्ड दिन बर्तिकालाई उनको परिचय सहित मंचमा बोलाएर प्रदान गरेकी थिइन् । बर्तिका गायिका हुन् भने उनले गाएका कैयन गीतहरु समेत चर्चित छन् । १८ देखि २५ वर्ष का नेपाली युवतीहरुले भाग लिन सक्ने सो प्रतियोगिता यस वर्ष नेपाल ११ इन्टरटेनमेन्टले गर्ने छ । मिस नेपाल युएसको आगामी छैठौ संस्करण अगस्त १९ मा टेक्सासको ड्यालसमा हुँदैछ ।
न्यूयोर्क शहरको कुइन्सस्थित कुइन्स थिएटरमा आयोजित ‘मिस नेपाल युएस २०१३’ सुन्दरी प्रतियोगितामा बर्तिका राईले १५ जना प्रतियोगीहरुलाई उछिन्दै को ताज जितेकि थिइन् ।















प्रतिक्रिया