
-एस के गुरुङ
लण्डन, १० असार । बेलायतमा नेपाली युवाद्वारा संचालित पिपल मोर्टगेज कम्पनीले यसै जून महिना बाट एण्डोबर ह्याम्प्शारमा पनि आफ्नो शाखा बिस्तार गरेको छ।
बिगत दुइ वर्षबाट फार्नबोरो ह्याम्प्शारमा प्रमुख कार्यलय रहेको कम्पनिले ग्राहक हरुको ध्यानलाई राखेर गत बर्ष पनि आशफोर्ड केन्टमा आफ्नो शाखा स्थापना गरिसकेको थियो। जसले गर्दा केन्ट वरिपरि बस्ने नेपालीहरुलाई घर खरिद गर्दा आफ्नै भाषामा अावश्यक सहयोग तथा सेवा दिदै आइरहेको छ।
ग्राहकहरुको बढ्दो चाप र ग्राहकहरुलाई सजिलो होस् भने हेतुले स्थापना गरिएको एण्डोबर ह्याम्प्शार शाखाले पनि ग्राहक हरुलाई सेवा र सुबिधा दिदै आएको छ । आगामी दिनमा ग्राहकहरुको माग अनुसार बेलायतको विभिन्न शहरहरुमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने योजना राखेकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीले बेलायतमा भएका संघ संस्थाहरुलाई विभिन्न तवरले सहयोग पनि गर्दै आई रहेको छ भने आफ्नो दुई बर्षे वार्षिकोत्सवको अवसरमा गोर्खा वेलफेर ट्रस्टलाई २३६० पाउण्ड सहयोग गरेको थियो।
कम्पनिले अब छिट्टै नै बजारमा Business Loan, Secured Loans, Commercial Mortgage, Bridging Finance, Development Finance, Private Investors को सेवा सुबिधा दिने तय गरिसकेको छ। कम्पनीको डाइरेक्टर सूर्यप्रकाश गुरुङ भन्छन्, -सल्लाह सुझावले धेरै नै फरक पार्छ, त्येसैले सबै जनालाई घर किन्नु अगाडी केहि सल्लाह सुझाव लिन अनुरोध छ।















प्रतिक्रिया