शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सुन तस्करीका अभियुक्त पोद्दार र पूर्वएआइजी शर्माबीच व्यापारिक साझेदारी, राजेन्द्रसिंह भण्डारी साथी !

छानबिन समितिले भन्यो– सरप्राइज हुनेगरी अनुसन्धान सफल हुन्छ

दैनिक नेपाल २०७५ असार १० गते १५:५९

काठमाडौं, १० असार । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको गहन छानबिन जारी राखेको गृहमन्त्रालयको विशेष टोलीले सरप्राइज दिनेगरी अनुसन्धान सफल हुने दाबी गरेको छ ।

टोली संयोजक सहसचिव इश्वरराज पौडेलले यस प्रकरणमा जोडिएका घटना र अभियुक्तलाई एक–एक गरी छुट्याउने काम भइरहेको बताए । उनले मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेलाई सार्वजनिक गर्ने क्रममा नै यो प्रकरण जेरी जस्तो जेलीएको बताइसकेका थिए ।

पछिल्लो पटक छानबिन टोलीले हुण्डी कारोवारमा डन मानिने व्यापारी विमल पोद्दारलाई पक्राउ गरी अनुसन्धान थालेपछि केही नयाँ तथ्य खुलेको स्रोतको दाबी छ ।

काठमाडौंको कालिकास्थानमा रहेको सन सिटी अपार्टमेन्टका लगानीकर्ता पोद्दारलाई बिजुलीबजारबाटै पक्राउ गरिएको थियो ।

पोद्दार विदेशी मुद्रा र सुन तस्करीमा पूर्व एसएसपी रविराज श्रेष्ठसँग मिलेर काम गर्दथे । उनको पूर्व एआईजीद्वय विजयलाल कायस्थ र विज्ञानराज शर्मासँग पनि व्यापारिक साझेदारी रहेको दाबी गरिएको छ । शर्माका भाई दया र पोदार व्यापारीक साझेदार हुन् ।

शर्मा तिनै हुन् जो यस प्रकरण अन्तर्गतको शाक्य हत्यापछि लास लुकाउने छिपाउने अभियोगमा जेल चलान गरिएका एसएसपी दिवेश लोहनीलाई बचाऊ गर्दै मिडियामा आएका थिए । स्रोतका अनुसार छानबिन समितिले अनुसन्धानको दायरा शर्मातिर पनि बढाएको छ ।

छानबिन समितिले व्यवसायी अकबर साह पक्राउ गरेको छ । अकबरका बुवा मकबुल साह प्रभावशाली ठेकेदारका रुपमा गनिन्छन् । त्यसो त बयानका क्रममा यस प्रकरणमा मुख खोलेका अन्य पूर्वएआइजीहरूको नाम समेत आएको बताइन्छ ।

शर्मासहित पूर्वएआइजी राजेनद्रसिंह भण्डारीतिर पनि अनुसन्धान सोझिएको छ । भण्डारीले ललितपुरमा भएको एउटा कार्यक्रममा सुन प्रकरणको अनुसन्धान फितलो भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित