बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

प्रधानमन्त्रीको चीन भ्रमणप्रति नेकपाका दुई नेताको आलोचना, भारतीय रेलको प्रशंसा

दैनिक नेपाल २०७५ असार १० गते ९:२०

काठमाडौं, १० असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता हरिबोल गजुरेलले चीनबाट आउने भनिएको रेलप्रति अविश्वास प्रकट गरेका छन् ।

नेता गजुरेलले चीनबाट भन्दा भारतबाट पहिला नेपाल रेल आउने बताए । ‘चीनतिरको भौगोलिक अवस्थाले गर्दा रेल आउन ढिलाइ हुन्छ’, नेपाली रेडियो नेटवर्ककाे  कार्यक्रममा उनले भने, ‘भारतबाट नेपालमा छिटो रेल आउँछ ।’

नेकपाका नेता गजुरलले प्रधानमन्त्री ओलीको भ्रमण सोँचेअनुसार सफल हुन नसकेको संकेत गरे । उनले भने, ‘महत्वपूर्ण मानिएको पारवहन सम्झौता हुन सकेन । अरु सहमति भनेका त नियमित प्रक्रिया न हुन् ।’

नेकपाका अर्का नेता योगेश भट्टराईले पनि प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर सांकेतिक रुपमा असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘चीनका राष्ट्रपतिले हाम्रो प्रधानमन्त्रीको प्रशंसा गर्नुभएको छ । यो उपलब्धीमुलक हो । यसलाई पनि उपलब्धीका रुपमा लिनुपर्छ । प्रशंसा नगरेर के विरोध गर्ने त ?’

प्रतिक्रिया
सम्बन्धित