१ कार्तिक २०८३, शनिबार

आइजीपी सर्वोन्द्र खनालद्वारा बाल्टिमोरको नेपाल हाउस अवलोकन

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालद्वारा गत जुन २२ का दिन बाल्टिमोरस्थित नेपाल हाउसको अवलोकन गरेका छन् ।

प्रहरी महानिरीक्षक खनाललाई मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतद्वारा स्वागत गरेका हुन् । भेटघाट तथा स्वागत कार्यक्रममा बाल्टिमोरका बिशेष व्यक्तित्व तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्वितीय सम्मेलन २०१८ मा नेपालको तर्फबाट सहभागी हुन खनाल आएका हुन् ।

खनाल डिसी क्षेत्रमा आउने क्रममा बाल्टिमोरको नेपाल हाउसको अवलोकन गराइएको थियो । नेपाल हाउसका संचालक महाबाणिज्यदूत प्रेमराजा महत हुन् । सम्पूर्ण संचालन महतकी पत्नीले हेर्ने गरेकी छिन् ।

नेपाल हाउस चमेना गृह पूर्णरुपमा नेपालको संस्कृति झल्कने गरी सजावट गरिएको छ । नेपाल हाउसको अबलोकन गर्दा नेपालका नेपालको झ–झल्को लाग्ने सजावटका सामग्री प्रदर्शनी गर्नुको साथै अद्वितीय रुपमा नेपाल नै पुगेको अनुभूति गरिन्छ ।

खानाका परिकार सेवा दिनेहरूका पोशाक र पर्खाल भित्तामा नेपालका अद्वितीय सामाग्रीहरूले भरिभराउ छन् ।

नयाँ ग्राहक तथा कुनै पनि अतिथिहरू नेपाल हाउस छिर्दा या खाना खान आउँदा सबैले एक पटक निहालेर हेर्ने गर्दछन् ।

प्रहरी महानिरीक्षक खनाललाई स्वागत गर्दै महाबाणिज्यदूत महतले रात्रिभोजको समेतको आयोजना गरेका थिए ।