सञ्जय प्रधान
र्जिलिङ, ९ असार । दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको सूत्रपात गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का पूर्वअध्यक्ष स्व.सुवास घिसिङका छोरा मन घिसिङले आफूलाई पश्चिम बंगाल राज्य सरकारले दिएको सबै पदहरू त्याग गरेका छन् ।
बिहीबार उनले यस्तो निर्णय आफ्नो पिता स्व.सुवास घिसिङको जन्म दिनको अवसर पारेर गरेका हुन् । उनको यस्तो निर्णयलाई राजनीतिक माहोलमा दह्रो कदम मानिएको छ ।
पश्चिनम बंगाल राज्य सरकारले गोरामुमोलाई दार्जिलिङ पहाडमा विकास कार्य गराउनका निम्ति हिल एरिया डेभलपमेन्ट कमिटी दिएको थियो । उनलाई यसको अध्यक्षसमेत बनाएर राज्यमन्त्रीको पद प्रदान गरिएको थियो ।
सुवास घिसिङको ८३औं जन्म दिनमा उनले सो दुवैवटा पद त्याग गरेको घोषणा खरसाङस्थित गोर्खा दुःख निवारक सम्मेलनको हलमा भएको पार्टीको कार्यक्रममा गरेका हुन् ।
सो कार्यक्रममा उनले पार्टीको केन्द्रीय समितिलगायत सबै भ्रातृ संगठनहरू पनि विघटन गरेका छन् । मन घिसिङले पश्चिम बंगाल राज्य सरकारले दिएको पदहरू त्याग गरेपछि उनले विद्रोहको संकेत दिएका छन् ।
अब उनले आफ्ना पिता सुवास घिसिङको मुद्दा दार्जिलिङ पहाडलाई भारतीय संविधानको छैटौं अनुसूची प्रदान गर्ने मुद्दा उठाउने प्रबल सम्भावना देखिएको छ ।
मन घिसिङले विशेष क्षमता देखाएको प्रवक्ता निरज जिम्बाले पत्रकार सम्मेलनमा बताएका छन् । पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘गोरामुमोले हिल एरिया डेभलपेन्ट कमिटी माग गरेको थिएन । गोरामुमोको माग यो होइन । दार्जिलिङ पहाडको स्थायी समाधान गोरामुमोको माग हो ।’
यस्तै विषयहरूलाई लिएर गएको वर्ष दार्जिलिङ पहाडका राजनैतिक पार्टीहरू र पश्चिकम बंगाल राज्य सरकारबीच द्विपक्षीय वार्ताहरू भएका थिए । वार्ताहरूमा राज्य सरकारले नै स्थायी साधानको कुरा गरेको उनले बताए ।
‘राज्य सरकारले मुख बुच्याउनका निम्ति विभिन्न सहुलियतहरू दिइरहेको छ । त्यस्ता सहुलियतहरू गोरामुमोले कहिले माग गरेको थिएन’, उनले भने, ‘वर्तमान राजनैतिक स्थितिलाई हेर्दा हिल एरिया डेभलपेन्ट कटिीले जनताको इच्छा पूरा गर्नेछैन भन्ने स्पष्ट भइसकेको छ ।’
‘राज्यन्त्रीको पदभन्दा पार्टीको पद ठूलो हो’, उनले भने, ‘मन घिसिङ हिल एरिया डेभलपमेन्टका अध्यक्ष र राज्यन्त्री मात्रै थिएनन्, यसभन्दा पहिला उनी पार्टीका अध्यक्ष पनि हुन् । पार्टीको आफ्नै बाध्यताहरू पनि हुन्छ ।’
उनले बताएअनुसार राज्य सरकारद्वारा चाँडैनै द्विपक्षीय वार्ता राख्नु पर्ने गोरामुमो अध्यक्ष मन घिसिङले माग गरेको पनि प्रवक्ता जिम्बाले बताएका छन् । सो वार्ता स्थायी समाधानको निम्ति हुनुपर्ने र त्यसमा दार्जिलिङ पहाडका सबै राजनीतिक पार्टीहरूलाई बोलाउनु पर्ने माग उनले गरेका छन् ।
गोरामुमो र पश्चिाम बंगाल सरकारको सम्बन्ध निक्कै नजिकको मानिँदै आएको थियो । बिहीबारदेखि मन घिसिङले सबै पदहरू त्याग गरेपछि पश्चिजम बंगाल सरकारसितको सम्बन्ध टाडिएको छ । कुनै अर्को नयाँ राजनीतिक समीकरण हुने भन्ने कुराको चर्चा अब शुरू भएको छ ।
पश्चिम बंगाल सरकार पनि दार्जिलिङ पहाडमा स्थायी समाधान चाहन्छ । गोरामुमो पनि यस्तैनै चाहन्छ। गोरामुममोले छैटौं अनुसूचीलाई स्थायी समाधान मान्छ ।
















प्रतिक्रिया